पोखरा । पोखरा १७ तल्लो बिरौटामा स्थित फिस्टेल एकेडेमी माविद्वारा आयोजित ‘फिस्टेल स्पोर्टस् फेस्ट’को औपचारिक उद्घाटन आज बिहीबार हुँदैछ। विद्यालय स्थापनाको २९ औं वार्षिकोत्सवको अवसरमा यही पौष ३ गतेदेखि केही खेलहरू सुरु भएर भोलि पुस ५ गते औपचारिक उद्घाटन हुन लागेको हो।
पुष ७ गते सम्म सञ्चालन हुने स्पोर्टस फेस्ट अन्तर्गत टेनिस र सेभेन ए साइड प्रतियोगिताहरू जारी रहेको विद्यालयका संस्थापक अध्यक्ष चिनु रानाभाटले जानकारी दिएका छन् ।
बुधबार सम्पन्न सेभेन ए साइड फुटबलतर्फको पहिलो खेलमा सगरमाथा निकेतनका विरुद्ध लिटिल फ्लावर स्कुलले सहज जित हाँसिल ग¥यो । सगरमाथाले १ गोल गर्दा लिटिल फ्लावरले ५ गोल गरी सहज जित निकालेको हो । यस्तै दोस्रो खेलमा इडेन्स एकेडेमीलाई१ गोलका विरुद्ध २ गोल गर्दै मेट्रोपोलिटन एकेडेमीले आफ्नो स्थान सुरक्षित ग¥यो । तेस्रो खेलमा पोखरा पब्लिक र वेलनन एकेडेमीबिच एक÷एक गोलको बराबरी भएपछि टाई ब्रेकरमा ३–१ गोलका साथ वेलनन एकेडेमी अगाडि बढेको थियो ।
यसैगरी नेपाल आदर्श र शान्तिदीप स्कुलका बिच भएको चौँथो खेलमा ४–१ गोलका साथ शान्तिदीप स्कुल चम्कियो । पाँचौँ खेलमा टाई ब्रेकरबाट ८–७ गोलका साथ प्रगति स्कुललाई पराजित गरी साइनिङ स्टारले आफ्नो यात्रा सुरक्षित गर्न सफल रह्यो । यस्तै बुधबारको अन्तिम खेलमा बालमन्दिरविरद्ध सेन्ट फ्रान्सिस स्कुलले ४–१ गोलअन्तरले विजय प्राप्त गर्यो ।
लिग चरणमा खेलाइएको बास्केटबल खेलतर्फ बुधबार छात्रा र छात्र दुबै समूहका खेलहरू सम्पन्न भए । छात्रा बास्केटबलतर्फ कुमुदिनी होम्सलाई बालकल्याणले १५–१२ स्कोरका साथ पराजित ग¥यो । यस्तै छात्रतर्फ स्पाइरल ग्यालेक्सीले प्रगतिलाई ५२–१३, फिस्टेलले वेलननलाई ३८–१८, अल्फाले पोखरा युनाइटेडलाई ५१–३१ स्कोरले पराजित गरे । यसैगरी मनकामना बोर्डिङ स्कुलले भद्रकालीलाई ३७–२४, स्पाइरल ग्यालेक्सीले अल्फालाई ५७–३९, प्रगतिले पोखरा युनाइटेडलाई ५२–२९ र अन्तिम खेलमा मनकामना र्बोिर्डङ लवेलनन एकेडेमीलाई ४५–२९ स्कोरले पराजित गर्यो।
यसैगरी १२ वर्षमुनिको टेनिसतर्फ बुधबार भएको पहिलो खेलमा गण्डकी बोर्डिङ स्कुलका स्पन्दन उदासले फिस्टेल एकेडेमीका सुवान केसीलाई ६–०, ६–१ को सोझो सेटमा पराजित गरे भने गण्डकी बोर्डिङ स्कुलका प्रफुल्ल श्रेष्ठले अमरसिंह माविका एलिस गौतमलाई ६–१, ६–१ को सोझो सेटमा पराजित गरे । यसैगरी गण्डकी बोर्डिङ स्कुलका डोजन गुरुङले फिस्टेल एकेडेमी स्कुलका रियान्स भट्टराईलाई ६–१, ६–० को सोझो सेट र फिस्टेल एकेडेमी स्कुलका आर्यसले गण्डकी बोर्डिङ स्कुलका सूर्यांश श्रेष्ठलाई ६–१, ६–० को सोझो सेटमा हराए । १० वर्षमुनिको खेलमा फिस्टल एकेडेमी स्कुलका सुवान केसीले फिस्टेलकै आरुष थापालाई ६–०, ६–० को सोझो सेटमा आउट गरे भने शिशु निकेतन स्कुलका इभानले फिस्टेल उकेडेमी स्कुलका रियांश भट्टराईलाई ६–३, ६–० स्कोरका साथ सोझो सेटमा पराजित गरे । बुधबारको अन्तिम खेलमा शिशुनि केतन स्कुलका ओम युगले अमरसि.ह माविका एलिस गुरुङलाई ०–६, ७–५, १०–४ को सेटमा विजयी भए ।
७ गतेसम्म सञ्चालन हुने खेलकुद प्रतियोगिताबाट फुटबल तथा बास्केटबल खेलमा प्रथम, द्वितीय र तृतीय हुने विद्यालयले क्रमशः ७५ हजार, ३५ हजार र २० हजार नगद पुरस्कारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।
सम्बन्धित खबर
अर्जेन्टिनालाई हराउँदै विश्वकप विजेता बन्यो स्पेन
विश्वकप उपाधिका लागि अर्जेन्टिना र स्पेन भिड्ने, मेसी र यमलबीच ऐतिहासिक भिडन्त
इंग्ल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकपको फाइनलमा
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
अपराजित स्पेन र फ्रान्स आमने-सामने, कसको यात्रामा ब्रेक ?
५ पटकको विश्व विजेता ब्राजिल अन्तिम १६ बाटै बाहिरियो
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो