बागलुङ जिल्ला टेबुल टेनिस संघको अध्यक्षमा प्रकाश पौडेल चयन भएका छन् ।
नेपाल टेबुल टेनिस संघ, केन्द्रीय कार्यालयको परिपत्र अनुसार पौडेलको अध्यक्षतामा नयाँ समिति गठन गरिएको हो । संघको उपाध्यक्षमा एलरिन थापा, सचिवमा राजु खत्री, कोषाध्यक्षमा इन्द्राकुमारी खत्री र सदस्यमा सुरज शाक्य रहेका छन् ।
संघको सल्लाहकारमा राजेन्द्र प्रसाद शाक्यलाई चयन गरिएको संघका नवनिर्वाचित अध्यक्ष पौडेलले जानकारी दिए । लामो समयदेखि टेबुल टेनिस र ब्याडमिन्टन खेलमा सक्रिय खेलाडी पौडेलको अध्यक्षतमा पाँच सदस्यीय नयाँ कार्यसमिति गठन भएको हो ।
संघले बाँकी सदस्य आगामी बैठकबाट मनोनित गर्ने जनाएको छ । संघको गठनसँगै जिल्ला खेलकुद विकाससँग सल्लाह र समन्वय गरी आगामी दिनमा बागलुङमा टेबुल टेनिस खेलको विकास गर्नुका साथै प्रतियोगिताका कार्यक्रम संचालन गरिने अध्यक्ष पौडेलले बताए ।
उनले पछिल्लो समयमा टेबुल टेनिस प्रति खेलाडीको आर्कषण घट्दै गएका कारण बागलुङमा यसको विकासमा आफूहरु निरन्तर लाग्ने योजना सुनाए ।
सम्बन्धित समाचारः
चरक हस्पिटलको ११ औं वार्षिकोत्सवः रक्तदान, दृष्टिविहीनलाई सहयोग र स्वास्थ्य जाँचमा छुट
सम्बन्धित खबर
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो