म्याग्दी । सदरमुकाम बेनीको खुल्लामञ्च नजिकै ट्याक्सी प्रशिक्षण गर्दै गर्दा नदिमा खसेर नाबालक छोरा सहित आमा बेपत्ता भएका छन् ।
ट्याक्सी सिक्ने क्रममा ब्याक गर्दा पर्वत जलजला गाउँपालिका २, बौरमा बस्दै आएकी २५ वर्षीया शोभा अधिकारी खाती र उनीसंगै बसेका ८ बर्षका छोरा सागर खाती नदिमा बेपत्ता भएका हुन् । पूर्वान्ह साढे ११ बजेतिर प्रशिक्षक बाहिर निस्केको समयमा सो घटना भएको प्रदेश प्रहरीले जनाएको छ ।
म्याग्दीको मंगला गाउँपालिका २ बावियाँचौर घर भएकी ज्ञानबहादुर खातीकी श्रीमती उनी जिल्ला प्रहरी कार्यालय अगाडि रहेको न्यू बेनी डाईभिङ्ग इन्स्टिच्यूटमा ट्याक्सी सिक्दै थिईन् । बहुउद्देश्यीय मैदानमा रहेको कृषि उपज केन्द्र अगाडि सिक्दै गरेकी अधिकारीको ट्याक्सी ब्याक गर्ने क्रममा नदिमा खस्न पुगेको प्रत्यक्षदर्शीको भनाई छ । ध १ ज २५१ नम्बरको ट्याक्सी पनि सँगै नदिमा वेपत्ता छ ।
खसेगत्तै जिल्ला प्रहरी कार्यालयको टोली म्याग्दी नदी र कालीगण्डकी नदीमा खोजेपनि भेट्न नसकिएको प्रहरी नायव उपरिक्षक विरबहादुर बुढामगरले जानकारी दिए । ट्याक्सी म्याग्दी नदी हुदै कालिगण्डकीमा बगेको हुदाँ बेपता ट्याक्सीको खोजीकार्यका लागि छिमेकी जिल्ला पर्वतको प्रहरीसंग सहकार्य गरेको छ । असुरक्षित रुपमा ट्याक्सी चलाउँदा अप्रिय घटना भएको हुदाँ सो ठाउँमा सवारी साधन सिक्न नदिने प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले जनाए ।
उक्त ड्राईभिङ ईन्स्टिच्युटका सञ्चालक कर्ण बहादुर घिमिरेलाई नियन्त्रणमा लिई घटनाका विषयमा सोधपुछ पनि गरिरहेको प्रहरीले जनाएको छ ।

तस्विरः म्याग्दी अनलाइन ।
सम्बन्धित खबर
अकबरे खुर्सानीमार्फत बाँझो जमिनलाई आम्दानीसँग जोड्दै भीरकोट
रास्वपा गण्डकीको सभापतिमा त्रिपाठी निर्वाचित
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ
एमाले अध्यक्ष ओली अस्पताल भर्ना