पोखरा । पूर्वराजा वीरेन्द्र वीर विक्रम शाहको ७९ औं जन्मजयन्ती पोखरामा मनाइएको छ ।
पोखरा–१० वीरेन्द्र चोकमा गत ९ पुसमा पुनःस्थापित गरिएको राजा वीरेन्द्रको सालिकमा शनिबार माल्यार्पण र साँझ सोही स्थानमा दीप प्रज्जवलन गरेर उनको सम्झना गरिएको हो ।
सालिक निर्माण समिति अध्यक्ष मेजर गणेशबहादुर क्षेत्रीको अध्यक्षतामा, स्थानीय अगुवा मनवीर गुरूङको विशेष आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा स्थानीय आमा समूह, टोल विकास संस्था, मन्दिर व्यवस्थापन समिति, ज्येष्ठ नागरिकलगायतको उपस्थिति थियो ।
जन्मजयन्तीको अवसरमा कार्यक्रम गरिए पनि शिलालेख स्थापना र रंगरोगनपछि सालिक अनावरण गर्ने तयारी भइरहेको पुनःनिर्माण समिति सचिव अरुण गिरीले जानकारी दिए ।
०५८ सालमा राजा वीरेन्द्रको हत्यापछि २०५९ सालमा राप्रपा नेता क्षेत्रबहादुर केसीले चोकमा सालिक राखेका थिए । त्यसपछि हालको पोखरा १०, १५ र १४ को संगम रहेको चोकलाई वीरेन्द्रचोक नामाकरण गरिएको थियो ।
२०६१ सालमा केसी माओवादीबाट मारिए। उनको हत्याको दुई वर्षपछि माओवादीले आन्दोलनको क्रममा सालिक तोडफोड गरेका थिए । तोडफोड भएपछि मनवीर गुरुङको नेतृत्वमा सालिक पुनः स्थापना गर्न समिति बनेको थियो । त्यो समितिले काम गर्न सकेन ।
हालसालै गणेशबहादुर पौडेल क्षेत्रीको अध्यक्षतामा अर्को समिति बन्यो । यही समितिले १८ वर्षपछि वीरेन्द्रचोकमा चार दिनअघि शुभ साइत हेरेर राजा वीरेन्द्रको सालिक ठड्याएको हो ।

सम्बन्धित खबर
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु