तनहुँ । तनहुँको म्याग्दे गाउपालिका वडा नम्बर २ गुणादीमा शुक्रबार सम्पन्न भएको तेस्रो गुणादी कप सेभेन ए साइड फुटबल प्रतियोगिता आयोजकले जितेको छ । शुक्रबार आयोजक न्यु जेनेरेशन युवा क्लव र नमुना युवा क्लब गाछेपानी विच भएको फाइनल खेलमा आयोजक ३-२ गोल अन्तरले बिजयी भएको हो ।

न्यु जेनेरेशन युवा क्लवको लागि बिमल बस्नेतले बिजयी गोल गरेका थिए । बिमल बस्नेत राष्ट्रिय खेलाडी समेत हुन । पहिलो हाफमा २-२ गोल सहित बराबर रहेको खेल निकै रोमान्चक भएको थियो । दर्शकको उल्लेखय उपस्थिति बीच भएको खेलको उपाधि आयोजक आफैले जित्न सफल भएको हो । तेस्रो गुणादी कपको विजेताले नगद ५५ हजार ५ सय ५५ रुपैयाँ सहित ट्रफि, मेडल र प्रमाणपत्र र उपविजेताले नगद २५ हजार ५ सय ५५ रुपैयाँ सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेकाछन ।

त्यस्तै उत्कृष्ट खेलाडी आयोजक न्यु जेनेरेशन युवा क्लवका भिसन गुरुङ, सर्वाधिक गोलकर्ता शिद्धा बाबा टुडाका सुरेश गुरुङ , उत्कृष्ट गोलरक्षक आयोजक न्यु जेनेरेशन युवा क्लवका आकाश रानाभाट र उत्कृष्ट डिफेन्स नमुना युवा क्लबका अनिश तामाङ घोषित भएका छन् । विजेता लाइ प्रमुख अतिथि सहित आयोजकले पुरस्कार वितरण गरेका थिए । क्वाटरफाइनल पछाडिका प्रत्येक खेलमा म्यान अफ ड म्याच प्रदान गरिएको खेल संयोजक विमल बस्नेतले जानकारी दिए । साथै प्रतियोगितामा ३६ समुहको सहभागिता रहेको बस्नेतले बताए ।

न्यु जेनेरेशन युवा क्लवको आयोजनामा गत शुक्रबार देखि गुणादिमा प्रतियोगिता सुरु भएको थियो । क्लवका अध्यक्ष शंकर रानाभाटको सभापतित्वमा सम्पन्न समापन कार्यक्रमको प्रमुख अतिथि गण्डकी प्रदेशका आन्तरिक न्याय तथा कानुनमन्त्रि हरि बहादुर चुमान रहेका थिए । उक्त अवसरमा प्रमुख अतिथि चुमानले स्थानीय खेल प्रतिभालाई राष्ट्रिय स्तर सम्म चिनाउन गुणादि कपले महत्वपूर्ण भुमिका खेल्ने बताए ।

जिल्लाका खेलप्रेमी युवावर्ग र क्लवहरु विच आपसी सद्भाव,परिचय संगै स्थानीय प्रतिभाको खोज सहित सामाजिक कार्यमा युवाको अग्रसरतालाई प्राथमिकता राखेर उक्त प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ । कार्यक्रममा म्याग्दे गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरे, नेकपा तनहुँका जिल्ला अध्यक्ष श्रीप्रसाद श्रेष्ठ, मनाङ मर्स्याङ्दी फुटबल क्लबका उपाध्यक्ष मुखिया गुरुङ, जिल्ला खेलकुद विकास समिति तनहुँका उपाध्यक्ष मणिराज थापा लगाएतले मन्तव्य राखेका थिए ।
यो पनि पढ्नुहोस :
तनहुँको म्याग्देमा ५५ हजार राशिको तेस्रो गुणादी कप फुटबल प्रतियोगिता सुरु
सम्बन्धित खबर
स्याङ्जा प्रशासनको सेवा अब सहज, नयाँ प्रणालीले घटायो लाइन र झन्झट
कञ्चन पत्रकारिता पुरस्कार २०८३ बाट पत्रकारद्वय सारु र जिटी सम्मानित
वर्षा र चितुवाको प्रकोपले पुतलीबजारका किसानलाई दोहोरो मार
कृषि एम्बुलेन्स पाएपछि वालिङका किसानलाई राहत
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो