पोखरामा पहिलोपटक आयोजना हुने ‘चङ्गा म्यूजिक एन्ड आर्ट फेस्टिवल’ को सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ ।
चङ्गा प्रोडक्सनको आयोजनामा यही पुस २१ गते शनिबार (जनवरी ६) पोखराको नयाँबजारस्थित प्रर्दशनी केन्द्रमा हुने ‘चङ्गा म्यूजिक एन्ड आर्ट फेस्टिवल’ को सम्पूर्ण तयारी पूरा भएको प्रोडक्सनका प्रबन्धक निर्देशक विवेक गुरुङले जानकारी दिए ।
उनका अनुसार फेस्टिबलमा प्रजिना, जोन चाम्लिङ राई र स्रिजल विक्रम भण्डमारी (श्रीगो)ले विशेष प्रस्तुती दिनेछन् भने हुबाको टिमले फेसन शो प्रस्तुत गर्नेछ ।
निर्देशक गुरुङले हुबाको कोरियोग्राफीमा पोखराकै मोडलहरुले फेसन शो गर्ने बताए । ‘यस्तो कार्यक्रम पोखरामा पहिलोपटक आयोजना गर्दैछौ, निर्देशक गुरुङले भने, ‘यसले हाम्रै पोखराको र नवदीत कलाकारहरुलाई एक्सप्लोर गर्ने छ । त्यसैले हामीले आर्ट र म्यूजिकलाई जोडेर फेस्टिवल आयोजना गरेका हौं ।’
उनले म्यूजिक फेस्टिबलको माध्यमबाट संगीत र कलासँग जोडिएका संस्कृतिहरुको प्रर्वद्धन गर्ने विश्वास लिएको बताए । हुबा ब्राण्डले विगत दुई बर्षदेखि विभिन्न प्रकारका कपडालाई ब्राण्ड गर्दै आएको छ ।
युवाहरु मिलेर सञ्चालनमा ल्याएको हुबाले चङ्गा प्रोडक्सनसँग सहकार्य गर्न पाएकोमा हुबाका क्रियटिम म्यानेजर सुशिल सापकोटाले खुशी व्यक्त गरे । ‘चङ्गासँग हाम्रो पहिलोपटक अफिसियल्ली सहकार्य यो इभेन्टका लागि भएको छ, सापकोटाले भने, ‘यहाँहरुको इभेन्ट पृथक भएकाले पनि हामी चङ्गासँग कोल्याब्रेट गरेका हौं ।’
सापकोटाले अरुबेला हुने फेसन शो भन्दा चङ्गा फेस्टिबलमा फरक खालको शो हुने जानकारी दिए । ‘अरु बेलाको फेशन शो भन्दा यो इभेन्टमा फरक खालको शो देख्न पाउनुहुनेछ । म्यूजिकमा र्याम्प वाक मात्र नभएर एक्टिङलाई पनि स्पेस दिएका छौँ, उनले भने ।
सो फेस्टिबलमा द इन्फ्लेम ब्यान्ड, द अदृश्य किरण एण्ड मोर लगायतले सांगीतिक प्रस्तुति दिनेछन् ।
यस्तै, सो फेस्टिबलमा विभिन्न आर्ट लगायत पोखरेली ब्राण्डहरुका करिब ४० वटा स्टल रहने छन् भने टिकट पृथ्वीचोकको कुन्तीमलस्थित बक बक क्याफेमा उपलब्ध रहेको छ ।
‘चङ्गा म्यूजिक एन्ड आर्ट फेस्टिवल’ युवाहरुको सशक्तिकरणमा टेवा पुर्याउने लक्ष्यसहित आयोजना गरेको बताइएको छ ।
सम्बन्धित खबर
स्याङ्जामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते
स्याङ्जाको चापाकोट नगरपालिकाका विद्यालयमा एक दिन बिदा
स्याङ्जामा राति सवारी चलाउन रोक
बाबुको विरासत, आफ्नै पहिचान, राजनीतिमा युवा नेतृत्वः किरण केसी
भारी वर्षाको सम्भावनापछि स्याङ्जामा उच्च सतर्कता अपनाउन आग्रह
स्याङ्जाका १० पालिकामा कांग्रेसको नेतृत्व चयन, एउटामा आज निर्वाचन
यो पनि पढौँ
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन