म्याग्दीको मालिका गाउँपालिका-७ बिम बिबोटमा शनिबार ढुंगा र दाउरा प्रहारबाट दुई जनाको हत्या भएको छ।
मानसिक असन्तुलन भएका बिमवाङका टेकप्रसाद रोकाले दाउरा र ढुंगाले हान्दा ८५ वर्षीया मनसाङ गर्बुजाको घटनास्थलमै मृत्यु भएको हाे भने आठ वर्षीया नातिनी प्रियंका गर्बुजाको उपचारका क्रममा मणिपाल अस्पताल पोखरामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले बताएको छ ।
गम्भीर घाइते अमृता जुग्जाली र प्रियंकालाई हेलिकोप्टरबाट थप उपचारका लागि मणिपाल अस्पताल लगिएको थियो। ६६ वर्षीया जुग्जालीको मणिपाल अस्पतालमा उपचार भइरहेको छ ।
वृद्धा मनसाङलाई प्रहार भएको देखेर बचाउन गएको अवस्थामा अभियुक्तले अमृता र प्रियंकामाथि नै प्रहार गरेका थिए। अभियुक्तले बिहान करिब आठ बजे घरमा पुगेर अन्धाधुन्ध ढुंगा प्रहार गरेको बताइएको छ। प्रियंकाका भाइ प्रिन्स भने खाटमुनी लुकेर ज्यान बचाएका थिए ।
अभियुक्त टेकबहादुरको घरबाट मृतकको घर करिब डेढ किलोमिटर टाढा पर्छ। इलाका प्रहरी कार्यालय दरबाङबाट खटिएको प्रहरी टोलीले अभियुक्तलाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बेनीमा ल्याएको छ। अभियुक्त परिवारबाट अलग भएर एक्लै बस्ने गरेका थिए।
सम्बन्धित खबर
बागलुङको अमलाचौर र नारायणस्थानका विद्यालयमा शैक्षिक सामाग्री वितरण
प्रतिभामा लोकतान्त्रिक निर्वाचन प्रक्रियाको अभ्यासः सदनको कप्तान, उपकप्तान चुनावबाटै चयन
१० महिनामा एक लाख ७७ हजार पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरे
मुस्ताङमा दुई भारतीय पर्यटकको हेली उद्धार
तनहुँको घुम्ती–रानीटारी खण्डको नौ किमी स्तरोन्नति गरिँदै
बागलुङको ढोरपाटनमा जीप दुर्घटना हुँदा १६ जना घाइते
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग