पोखरा । नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियु जिल्ला कमिटी कास्कीले प्रशिक्षण तथा वार्षिक कार्यशाला गरेको छ । गत शुक्रबार र शनिबार दुई दिन कास्कीको अन्नपूर्ण गाउँपालिका नौडाँडामा अनेरास्ववियु जिल्ला अध्यक्ष सन्तोष पोखरेलको अध्यक्षतामा आवसीय कार्यशाला गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि अनेरास्ववियु केन्द्रिय सचिव तथा गण्डकी प्रदेश इन्चार्ज आशीर्वाद सुवेदी र प्रमुख वक्ता नेकपा एमाले केन्द्रिय सदस्य राजिव पहारी थिए ।
कार्यक्रममा नेकपा एमाले कास्की सचिव बैनबहादुर क्षेत्रीले, कास्की क्षेत्र न ३ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित दामोदर पौडेल बैरागी, अनेरास्ववियु केन्द्रिय स्थायी कमिटी सदस्य स्मृति बराल, अनेरास्ववियु केन्द्रिय लेखा आयोग सचिव अञ्जली लम्साल, केन्द्रिय सदस्य अनुप लामिछाने, बिष्णु पोखरेल, शोभिना सुवेदी, अनिता पौडेल, महेश श्रेष्ठ, अनेरास्ववियु प्रदेश कमिटी उपाध्यक्ष विश्वदर्शन पराजुली र सुशन घिमिरेलगायतले शुभकामना मन्तव्य राखेका थिए ।
नेकपा एमाले प्रदेश कमिटी अध्यक्ष नवराज शर्मा, नेकपा एमाले गण्डकी प्रदेश कमिटी सदस्य सुष्मा पौडेल, नेकपा एमाले महानगर कमिटी अध्यक्ष दिलिप न्यौपाने, नेकपा एमालेका नेता राधाकृष्ण लामिछाने, नेकपा एमाले अन्नपूर्ण गाउँपालिका अध्यक्ष बिबेक देवकोटा, अनेरास्ववियु केन्द्रिय सचिव आशीर्वाद सुवेदी, अनेरास्ववियु केन्द्रिय लेखा आयोग अध्यक्ष सुनिल तिमिल्सिना, अनेरास्ववियु प्रदेश कमिटी अध्यक्ष प्रबिन श्रेष्ठले संगठनलाई कसरी बलियो बनाउन सकिन्छ, संगठनमा रहँदा कस्ता विषयमा ध्यान दिने भन्नेबारे प्रशिक्षण दिएका थिए ।
प्रशिक्षणमा अनेरास्ववियु जिल्ला कमिटीका सदस्य, क्याम्पस कमिटी र पालिका कमिटीबाट प्रतिनिधि गरेर ८० जना सहभागी भएको अध्यक्ष पोखरेलले जानकारी दिए । कार्यक्रम सञ्चालन कमिटी सचिव बिजय भुजेलले गरेका थिए भने उपाध्यक्ष कुशल बरालले स्वागत मन्तव्य राखेका थिए ।
सम्बन्धित खबर
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि
होराइजन क्लब वालिङ्ले जित्यो २६ औं आदर्श कप
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड प्रतियोगिताको उपाधि गल्याङलाई
प्रेस चौतारी पत्रकारिता पुरस्कार रामजीलाई, विष्णुलाई सम्मान
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो