ललितपुरको बालकुमारीमा भएको प्रर्दशनका क्रममा प्रहरीको गोली लागेर ज्यान गुमाएकाका परिवारलाई कोरियामा रहेका नेपालीहरुले आर्थिक सहयोग गरेका छन् ।
कोरियामा बसोबास गर्दै आएका नेपालीले रकम संकलन गरेर सात लाख ५७ हजार रुपैयाँका दरले उनीहरुका परिवारलाई पठाएका हुन् ।
कोरियन (इपिएस) भाषा परीक्षामा सहभागी हुन पाउनु पर्ने माग गर्दै भएको प्रदर्शनका क्रममा अछामको चौरपाटी गाउँपालिका–१ सिउडीका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको मृत्यु भएको थियो ।
उक्त रकम अछाम सेवा समितिले बुधबार धनगढीमा आयोजना गरेको श्रद्धाञ्जली शभामा धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालले मृतक शाहका बुवा टेक बहादुर शाहलाई हस्तान्तरण गरेका छन् ।
यो अभियान सामाजिक अभियन्ता, धनगढी–१ शिवनगर स्थायी बासिन्दा हाल दक्षिण कोरियामा रही विभिन्न सामाजिक कार्यमा अग्रसर युवा बीबी सिंहको अगुवाइमा भएको थियो ।
यसैगरी, नेपाली सम्पर्क, समिति, पत्रकार महासंघ दक्षिण कोरिया, कर्णाली प्रदेश समाज दक्षिण कोरिया, सुदूरपश्चिम समाज दक्षिण कोरिया र दैलेख समाज दक्षिण कोरियाको समन्वयमा अभियान सञ्चालन गरेर रकम संकलन गरिएको हो ।
सम्बन्धित खबर
अर्थमन्त्रीको बोलीमा ‘दुई तिहाइ’ को दम्भ
परराष्ट्रमन्त्री खनाल आइतबार चीन जाँदै, भारत भ्रमणमा जस्तो सीमाबारे चुप नबस्न ओलीको सुझाव
आज यी चार प्रदेशमा मध्यमदेखि भारी वर्षाको सम्भावना
काभ्रेमा बस दुर्घटनामा मृत्यु भएका ८ मध्ये ६ जनाको सनाखत
आफूमाथि प्रश्न गर्ने सांसदलाई अर्थमन्त्रीको चेतावनी- तपाईंहरूका काण्ड पनि खुल्नेछन्
एमाले अध्यक्ष ओली अस्पताल भर्ना
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ