पोखराको प्रतिभा माविमा प्लस टू तर्फ गणित विभागले प्रतिभा म्याथ क्विज २०८० आयोजना गर्यो ।
विद्यालयको कक्षा ११ र १२ बाट कूल ३६ टीम सहभागी भएकोमा अन्तिम राउण्डमा ६ टीम पुगेका थिए । यसमध्ये कक्षा १२ ‘एच’का मनोज रिमाल, बब्लू शाह र टेक कुमार श्रेष्ठको टीम सर्वोत्कृष्ट हुन सफल भएको छ ।
यसैगरी, ११ ‘एच’ विज्ञान संकायका भिष्म रेग्मी, समिर सुवेदी र सन्दिप रिजालको टीम दोस्रो हुँदा ११ ‘एच’ कै युनिक पौडेल, विनेश तिमिल्सिना र कृस आलेको टीम तेस्रो भएको छ ।
कार्यक्रमको प्रमुख आतिथि पृथ्वीनारायण क्याम्पसका गणित विभाग प्रमुख सहप्राध्यापक डा. ईश्वरमणि अधिकारी रहेका थिए । नेपाल गणित समाजका सहसचिवसमेत रहेका डा. अधिकारीले प्रतिभाले गणित विषयलाई प्राथमिकता दिई हाजिरी जवाफ प्रतियोगिता गर्नु अत्यन्त खुशीको विषय रहेको उल्लेख गर्दै यसले विद्यार्थीमा गणित विषयप्रति चाख बढ्ने, कठिन विषय भन्ने मनोविज्ञानबाट मुक्त हुने, सरल बनाउन सहयोग पुग्ने बताए ।
गणना र अंकहरुको सेरोफेरोबाट तार्किक विश्लेषण गरी निष्कर्ष प्रदान गर्ने एकमात्र विषय नै गणित हो भन्दै उनले मानव जीवन र भौतिक धरातलसँग प्रत्यक्ष सम्बन्धित कुनै विषय छ भने सबैभन्दा अगाडि गणित विषय रहने बताए ।
‘गणित शिक्षाको मूल जरा हो । गणितको विकास नभैकन विज्ञान र प्रविधिको विकास हुँदैन । गणितबाटै विज्ञान अघि बढ्छ । वैज्ञानिकबाट प्रतिपादित प्रविधिले सफलता पाउँछ ।’ उनले भने ।

कार्यक्रमको अध्यक्षतासमेत गरेका विद्यालयका प्राचार्य किरण सापकोटाले नेपालको आधारभूत तथा माध्यमिक तहमा गणितको महत्वलाई बोध गर्दै अनिवार्य विषयको रुपमा समावेश गरिएको बताए ।
मानवीय क्रियाकलापको अन्तर्निहित शक्ति गणितमा नै रहेको भन्दै उनले विश्वका हरेक पक्षहरुमा गणितको अध्ययन र उपस्थिति जरुरी रहेको बताए । विद्यार्थीहरुको बुद्घिमत्ताको परीक्षण पनि गणितीय साधनकै प्रयोगले गर्न सकिने र कुनै विद्यार्थी गणितमा कमजोर छ भने उसले हरेक विषयमा आफूलाई कमजोर महसुस गरी आत्मविश्वास विहीन बन्ने भएकाले विद्यालयले यस्ता कार्यक्रमलाई प्राथमिकता दिएको सापकोटा बताउँछन् ।
कार्यक्रमको सञ्चालन गणित विभाग प्रमुख प्रेम शर्माले गरेका थिए ।


सम्बन्धित खबर
रास्वपा गण्डकीको सभापतिमा त्रिपाठी निर्वाचित
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु