पोखरा । पोखरा महानगरपालिकाको सहयोग तथा राष्ट्रिय परोपकार महासङ्घ नेपालको व्यवस्थापनमा सञ्चालित पुष्करिणी परोपकार गोकुल धाममा बुधवारदेखि श्रीमद् भागवत ज्ञान महायज्ञ सुरु भएको छ । महासङ्घको १६ औँ वार्षिकोत्सवको अवसरमा आयोजित सप्ताह व्यापी ज्ञान महायज्ञको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उद्घाटन गरेका हुन् ।
महायज्ञ तथा गौशालाको उद्घाटन गर्दै प्रमुख आचार्यले गौ रक्षाको अभियानलाई सार्थक बनाउन महायज्ञ सफल हुने विश्वास व्यक्त गरे । पोखराको सडकमा बेवारिसे अवस्थामा छाडा छोडिएका पशुचौपायहरुको उद्धार गरी संरक्षण प्रदान गरिएको गोकुल धाम (गौशाला) को दिगो व्यवस्थापनमा महायज्ञ मार्फत महत्त्वपूर्ण सहायता पुग्ने उनले बताए ।
पोखरा महानगरपालिका वडा नं.१४ का वडाध्यक्ष बोध बहादुर कार्कीले १९ वर्षसम्म फोहोरको विसर्जन गरिएको क्षेत्रलाई व्यवस्थित गौशालाले थप पवित्रता मिल्ने विश्वास व्यक्त गरे । योगी नरहरिनाथले कोटी होम समेत चलाएको उक्त क्षेत्र बात्साय ऋषिको तपोभुमि पनि भएकाले यसको ऐतिहासिक पक्षको समेत उजागर गर्दै संरक्षण, विकास र प्रवर्द्धन आवश्यक रहेको उनले बताए । पोखरा १४ मा एक नयाँ आयाम थपिएको उल्लेख गर्दै उनले महानगरपालिकाको तर्फबाट गौशालालाई गर्नुपर्ने सम्पूर्ण सहयोग गरिनु पर्नेमा जोड दिए ।

राष्ट्रिय परोपकार महासङ्घ नेपालका संस्थापक एवं पुष्करिणी परोपकार गोकुल धामका परिकल्पनाकार भागवत भास्कर युवा पण्डित कमलनयन गौतमले गौ माताको सेवाका लागि नैतिक शिक्षा प्रदान गर्ने उद्देश्यले महायज्ञ आयोजना गरिएको बताए ।
परोपकार वडा इकाई वडा नं.३१ का अध्यक्ष कृष्ण ढुङ्गानाले गौ सेवा नै संसारको सबैभन्दा पुण्य कर्म भएको उल्लेख गर्दै महानगरपालिकाको तर्फबाट उत्कृष्ट गौशाला व्यवस्थापन गरिएको प्रति खुसी व्यक्त गरे ।
माघ ४ गतेसम्म सञ्चालन हुने महायज्ञमा बिहीबारदेखि कथा वाचन प्रारम्भ हुनेछ । राष्ट्रिय परोपकार महासङ्घ नेपालका संस्थापक एवं पुष्करिणी परोपकार गोकुल धामका परिकल्पनाकार भागवत भास्कर युवा पण्डित कमलनयन गौतमले कथा वाचन गर्नेछन् । । महायज्ञको पहिलो दिन ८० हजार रुपैयाँ दान सङ्कलन भएको छ । गौ माताको रक्षा र गौशालाको दिगो व्यवस्थापनका लागि महायज्ञ आयोजना गरिएको महासङ्घले जनाएको छ । महासङ्घको स्थापना दिवसका अवसरमा गरिने महायज्ञ यस वर्ष भने गौशालामा आयोजना गरिएको हो ।
सम्बन्धित खबर
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
स्याङ्जामा बाघको आक्रमणबाट १० वटा बाख्रा मरे
१५ वर्षपछि दामाचौर–रामपुर जोड्ने ट्रस पुल निर्माण सम्पन्न
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो