आज सोमवारदेखि पश्चिमी वायुको प्रभावका कारण सामान्य पानी पर्नसक्ने सम्भावना रहेको मौसम विज्ञान विभागले जनाएको छ।
विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीका अनुसार आजदेखि पश्चिमी वायुको प्रभाव अलि बढी हुने भएकाले सामान्य वर्षाको सम्भावना रहेको छ।
उनले भने, ‘रातिदेखि अलि बढी प्रभाव रहने भएकाले सोमवार र मंगलवार सामान्य वर्षाको सम्भावना रहेको छ। तराईमा भने वर्षाको सम्भावना छैन।’
वर्षा भए पनि १० मिलिमिटरभन्दा थोरै नै पानी पर्ने उनको भनाइ छ। सोमवार रातिदेखि गण्डकी, कोशी र बागमती प्रदेशका पहाडी भूभागका १/२ स्थानमा सामान्य वर्षा तथा देशका उच्चपहाडी तथा हिमाली भूभागका १/२ स्थानमा हलुका हिमपातको सम्भावना छ।
मंगलवार केही ठाउँमा वर्षा हुनेछ भने कोशी र गण्डकीका केही ठाउँ र बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्चपहाडी तथा हिमाली भूभागका १/२ स्थानमा हलुका हिमपातको सम्भावना रहेको मौसमविद् अधिकारीले बताए।
उनका अनुसार तराईमा लागिरहेको हुस्सुसमेत भोलिदेखि हट्दै जानेछ। उनले भने, ‘तराई क्षेत्रमा वायुमण्डल स्थिर रहँदा वाहानदेखि हुस्सु लागेको छ। पश्चिमी वायुको प्रभावका कारण वायुमण्डल चलायमान हुने भएकाले तराई क्षेत्रमा लागेको हुस्सु हट्दै जानेछ।’
सम्बन्धित खबर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
बाहिरियो वर्षा र हिमपात गराउने प्रणाली, यस्तो छ आगामी मौसम पूर्वानुमान
तिहारमा कुन दिन, कस्तो हुनेछ मौसम ?
आठ दिन ढिला गरी देशभरबाट मनसुन बाहिरियो
आज मध्यम वर्षा, भोलि दिउँसोदेखि भारी वर्षा हुने
गण्डकी र लुम्बिनीमा भारी वर्षा, सतर्कता अपनाउन विभागको अनुरोध
यो पनि पढौँ
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?