पोखरा । लुम्बिनी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत सहारा एकेडेमीलाई आर्थिक सहयोग गरेको छ ।
पोखराद्वारा पोखरा १७ दोबिल्लामा सञ्चालित सहारा फुटबल एकेडेमीलाई बिगत बर्षहरुमा गरिरहेको सहयोगलाई निरन्तरता यस वर्ष २ लाख ४४ हजार ८ सय रुपैया सहयोग हस्तान्तरण गरेको हो । बैंकका सञ्चालक समितिका सदस्य रामचन्द्र सिग्देलले साहारा क्लबका अध्यक्ष केशबराज बराललाई रकमको चेक हस्तान्तरण गरे ।
सिग्देलले सहारा एकेडेमीमा आश्रित बाल–बालिकाहरुलाई सहयोग गर्न पाउनु खुसीको कुरा रहेको बताए । उनले सहाराले निकै राम्रो र प्रशंसनीय कार्य गर्दै आएको भन्दै सिग्देल आगामी दिनमा पनि यसलाई निरन्तरता दिने बताए ।
लुम्बिनी विकास बैंकले प्रदान गरेको आर्थिक सहयोगका लागि आभार प्रकट गर्दै साहारा क्लबका अध्यक्ष बरालले सहयोग रकम एकेडेमीमा आश्रित बालकहरुको खाजा र खानाका लागि खर्च गरिने बताए । कार्यक्रममा बैंकका पोखरास्थित शाखाहरुका प्रवन्धकहरु, क्लबका निवर्तमान अध्यक्ष हरिराम गुरुङ र पूर्व अध्यक्ष विक्रम थकाली लगायतले एकेडेमीका बारेमा जानकारी दिएका थिए ।
क्लबले सञ्चालन गरेको सूर्यबहादुर केसी मेमोरियल फुटबल एकेडेमीमा हाल ८ जिल्लाका १४ कठिन एवं विपन्न परिस्थितिका बालकहरु छन् । सहारा क्लब पोखराले उनीहरुको लालन पालन, शिक्षासँगै फुटबल प्रशिक्षण दिंदै आएको छ । क्लबले २०६१ सालदेखि एकेडेमी सञ्चालन गरिरहेको छ ।
देशका ७ वटै प्रदेशमा शाखा सञ्चालन गरि कारोबार गर्दै आइरहेको लुम्बिनी विकास बैंक लिमिटेडको बिभिन्न स्थानहरुमा गरी ८९ वटा शाखा कार्यालयहरु तथा एक विस्तारित शाखा (एक्सटेन्सन काउण्टर) रहेको छ । यस लुम्बिनी विकास बैंक लिमिटेडले “निरन्तर सहयात्रा” भन्ने नाराका साथ उच्चस्तरीय, आधुनिक एवं नविनतम प्रविधिहरु सहितको सुरक्षित बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ ।
ग्राहकहरुलाई अधिकतम प्रतिफल दिने उद्देश्यले बैंकले बचत निक्षेप खाताहरुमा उच्चतम ब्याज प्रदान गर्ने बिशेष योजना कार्यान्वयनमा ल्याएको छ ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
स्याङ्जामा चिप्लिएर नहरमा खसेका वृद्धको मृत्यु
माइक्रो बस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन