पोखरा। नेपाल दशनामी युवा समिति गण्डकी प्रदेशको आयोजना तथा जिल्ला प्रहरी कार्यालय कास्कीको समन्वयमा सचेतना कार्यक्रम गरिएको छ । शुक्रबार समितिले पोखरा २१ निर्मलपोखरीमा अवस्थित जनचेतन माविका कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीहरुलाई हिंसा, जातिय विभेद तथा साइबर अपराध सम्वन्धि सचेतना गराएको हो ।
कार्यक्रममा समाजमा बढिरहेको हिंसाका घटना, जातिय विभेदका घटना तथा साइबर अवराधका विषयमा प्रशिक्षण गराइएको थियो । उक्त घटना तथा अपराधबाट मानिसहरु कसरी फस्न सक्छन् र यस्ता अपराधबाट बच्न के गर्नुपर्छ भन्नेबारे विद्यार्थीलाई सचेत गराइएको थियो ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कास्कीका वरिष्ठ प्रहरी नायव निरिक्षक होत बहादुर रोकाले प्रशिक्षण दिएका थिए । प्रशिक्षक रोकाले पछिल्लो समय प्राय सबैको हात हातमा मोबाइल र सामाजिक सञ्जाल प्रयोगकर्ता अध्याधिक भएकाले साइबर सम्वन्धि अपराध दिनानुदिन बढ्दै गएको बताए । उनले यस्ता अपराधबाट सतर्क रहने उपाय र कानूनी उपचारका विषयमा प्रशिक्षण गराएका थिए ।
प्रशिक्षण अगाडी भएको औपचारिक कार्यक्रममा बोल्दै नेपाल दशनामी समाजका केन्द्रीय सचिव जगतमोहन गिरीेले सामाजिक सञ्जालको प्रयोग बढेपनि यसबाट हुने दुर्घटनाबाट बच्न सबै सचेत हुन आवश्यक रहेको बताए । उनले हिंसा, जातिय विभेद तथा साइबर अपराधका विषयमा आफु पनि सचेत हुन र अरुलाई पनि सचेत गराउन आग्रह गरे ।
कार्यक्रममा नेपाल दशनामी समाज गण्डकीका सचिव बेबराज गिरी, जनचेतन माविका प्रधानाध्यापक अर्जुन पौडेल, नेपाल दशनामी महिला समिति कास्कीका अध्यक्ष सपना गिरीलगाएतले शुभकामना मन्तव्य राखेका थिए ।
नेपाल दशनामी युवा समिति गण्डकीका अध्यक्ष सुर्य गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन समितिका सचिव राजु गिरीले गरेका थिए ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
चार वर्षमै अर्जुनचौपारीको शिक्षा क्षेत्रमा ठूलो फड्को
स्याङ्जामा बालबालिकालाई सारङ्गी सिकाइँदै, जोगाइँदै मौलिक संस्कृति
भरुवा बन्दुकसहित एक वृद्ध पक्राउ
गण्डकी प्रदेश प्रमुख भट्टसमक्ष मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेस
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
यो पनि पढौँ
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह