पोखरा। पोखरा महानगरपालिका वडा नं. ३३ मा भजन कीर्तन तालिम सम्पन्न भएको छ । स्थानीय संस्कृतिको संरक्षण गर्ने उद्देश्यले वडा कार्यालयको आयोजनामा भजन कीर्तन तालिम आयोजना गरिएको वडा अध्यक्ष रामचन्द्र अधिकारीले जानकारी दिए ।
पुरानो संस्कृतिका रूपमा रहेको भजन चुट्का लोप हुने अवस्था आएपछि संरक्षणका लागि तालिम प्रदान गरिएको उनले बताए । “गाउँ गाउँमा पहिले सामूहिक भजन गाउँने संस्कृति थियो, खुसीयालीका अवसरमा समेत भजन गाउने प्रचलन थियो, वडा अध्यक्ष अधिकारीले भने, अहिले पुरानो पुस्ता कमजोर बन्दै गएपछि यो लोप हुने अवस्थामा पुग्यो, तसर्थ यसलाई पुस्ता हस्तान्तरण गर्ने र संरक्षणका लागि प्रोत्साहन गर्ने उद्देश्यले यस प्रकारको तालिम दिइएको हो ।” वडा नं.३३ का गाउँ गाउँहरूमा भजन संस्कृतिको विकास गरिने उनले बताए ।
साबिक लेखनाथ नगरपालिकाको वडा नं.१६, १७, १८ का विभिन्न स्थानहरूमा २०/२० जनाको टोली बनाई प्रदान गरिएको तालिममा ६० जनाको सहभागिता रहेको थियो । एक हप्ते भजन कीर्तन तालिममा सहभागीहरूलाई प्रशिक्षकहरू सन्तोष अधिकारी, रमादेवी गौतम र साकार अधिकारीले प्रशिक्षण प्रदान गरेका थिए ।
तालिममा सहभागीहरूलाई वडा अध्यक्ष अधिकारीले प्रमाणपत्र प्रदान गरेका छन् । समापनका अवसरमा उनीहरूलाई प्रमाणपत्र प्रदान गरिएको हो । अधिकारीको अध्यक्षमा सम्पन्न कार्यक्रमको सञ्चालन वडा सचिव युवराज पौडेलले गरेका थिए ।
सम्बन्धित खबर
स्याङ्जामा औलोको जोखिम न्यून, चार वर्षमा भेटिए पाँच संक्रमित
चट्याङ लागेर स्याङ्जामा एक जनाको मृत्यु
११ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार आरोपमा स्याङ्जाका एक पुरुष पक्राउ
औषधि बजारलाई व्यवस्थित बनाउनु पर्दछः प्रदेश प्रमुख भट्ट
दुई प्रदेश जोड्ने राम्दी पुल निर्माण अन्तिम चरणमा
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
यो पनि पढौँ
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह
यी सहकारीमा ऋण तिर्नुछ ? १५ दिनभित्र नतिरे सम्पत्ति लिलाम हुने (सहकारीको सूचीसहित)
भारत नरकको ढोका हो: अमेरिकी राष्ट्रपति ट्रम्प