पोखरा । तमु धिँ यूकले अग्रज फोटो पत्रकार सुदर्शन रञ्जितलाई सम्मान गर्दा गोर्खा मिडिया लि., बेलायतले लोक तथा दोहोरी गायक रामजी पौडेललाई पुरस्कृत गरेको छ । यस्तै, लोक तथा दोहोरी गायिका सरिता सारुमगरलाई पनि गोर्खा मिडियाले सम्मान गरेको छ ।
गोर्खा मिडियाका सम्पादक एवं तमु धिं नेपालका अध्यक्ष हुम तमुले नगद १० हजारसहित पौडेललाई पुरस्कृत गरे ।
गोर्खा मिडिया लिमिटेड, बेलायतद्वारा सञ्चालित गोर्खा मिडिया डटकमको तेस्रो वार्षिकोत्सव अवसरमा यसअघि घोषित उक्त पुरस्कार शुक्रबार हस्तान्तरण गरिएको गोर्खा मिडियाका प्रबन्ध निर्देशक मिलन तमुले बताए । संस्थाले बेलायत र काठमाडौंमा यसअघि कार्यक्रम गरी विभिन्न व्यक्तित्वलाई सम्मान गरिसकेको छ ।
कास्कीको भदौरेतामागीमा जन्मिएका रामजी पौडेल लोकदोहोरी क्षेत्रमा स्थापित नाम हो ।
सो अवसरमा तमु धीं यूकेद्वारा सम्मानित अग्रज फोटो पत्रकार सुदर्शन रञ्जितलाई सम्मानपत्र प्रदान गरिएको छ । गोर्खा मिडियाका सल्लाहकार रञ्जित लामो समयदेखि फोटो पत्रकारितामा क्रियाशील छन् । उनलाई तमु धीं यूके अध्यक्ष हरि गुरुङ र महासचिव विशाल गुरुङद्वारा हस्ताक्षरित सम्मानपत्र हस्तान्तरण गरिएको हो ।
यस्तै, लोक तथा दोहोरी गायिका सरिता सारुमगरलाई पनि गोर्खा मिडियाले उनको कलाकारिताको क्षेत्रमा योगदानको कदर गर्दै सम्मान गरेको छ ।
कार्यक्रममा तमु धिं नेपालका अध्यक्ष हुम तमुले गोर्खा मिडियाले जनतालाई सुसूचित गराउनका साथै सामाजिक क्षेत्रमा पनि यसैगरी क्रियाशील रहेको बताए । उनले गोर्खालीहरु जसरी देशविदेशमा पुगेका छन्, जसरी सगरमाथा अटल छ, त्यसैगरी गोर्खा मिडिया पनि अटल र अमर रहीरहने विश्वास व्यक्त गरे ।
कार्यक्रममा गोर्खा मिडियाका प्रबन्ध निर्देशक मिलन तमुले सम्मानित व्यक्तिहरुलाई बधाई दिँदै उज्ज्वल भविष्यको पनि कामना गरे । उनले गोर्खा मिडिया अघि बढ्न यसैगरी सबै जनाको सहयोग, सुझाव र प्रतिक्रिया आवश्यक रहेको बताए । उनले गोर्खा मिडियाले जनतालाई सुसूचित गर्ने काममा मात्र नभई सामाजिक कार्यमा पनि सधैंभरि लागिरहने प्रतिबद्धता जनाए ।
पुरस्कृत लोकदोहोरी गायक पौडेलले यस्तै माया, सम्मान र पुरस्कारले यस क्षेत्रमा अझ अघि बढ्ने प्रेरणा मिलेको बताए ।
सम्मानित अग्रज फोटो पत्रकार रञ्जितले सम्मानप्रति आभार व्यक्त गर्दै गोर्खा मिडिया, तमु धीं युके, सहारा क्लब युके लगायत सम्पूर्ण संघसंस्था एवं व्यक्ति विशेषप्रति आभार व्यक्त गरे ।
कार्यक्रममा सञ्चालन गुरुङ फिल्म निर्देशक एवं सञ्चारकर्मी जसु गुरुङले गरेकी थिइन् । तमु धिं नेपाल, नयाँबजार परिसरमा भएको समारोहमा गण्डकी प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य कलाकार गमबहादुर गुरुङ (गजेन्द्र) लगायतको पनि उपस्थिति थियो ।
सन् २०२० सेप्टेम्बर १४ मा स्थापित गोर्खा मिडियाले बेलायत, गोर्खा समुदायलाई महत्व दिँदै जनचासोका समाचार र विचार समेट्दै अघि बढेको छ ।
सम्बन्धित खबर
स्याङ्जामा लागूऔषधसहित दुईजना पक्राउ
राजमार्गमा भेटिएको सुनसहितको झोला फिर्ता गर्ने ट्याक्सी चालकको प्रशंसा
स्याङ्जामा ‘मुनाल (बतासे प्रेम)’ लोकार्पण
स्याङ्जामा औलोको जोखिम न्यून, चार वर्षमा भेटिए पाँच संक्रमित
चट्याङ लागेर स्याङ्जामा एक जनाको मृत्यु
११ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार आरोपमा स्याङ्जाका एक पुरुष पक्राउ
यो पनि पढौँ
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
भारत नरकको ढोका हो: अमेरिकी राष्ट्रपति ट्रम्प
सरकारको उल्टो कदमः पहिले विद्यालयमा डोजर लगायो, ४ दिनपछि सहयोग गर्ने सूचना निकाल्यो
सरकारले हटायो काठमाडौं महानगरका अव्यवस्थित बस्ती