दुलेगौँडा । तनहुँको शुक्लागण्डकी नगरपालिका ११ का मुकेश सापकोटा नेपाली युवा युवतीलाई वैदेशिक रोजगारीको बहानामा ठगी गरेर फरार भएका छन् ।
हाल दुवई रहेको बताउने सापकोटाले झापाका निर्मल तामाङ्ग सहित १५ जना बढीबाट भण्डै ५० लाख ठगी गरेको पीडितहरुले बताएका छन् । तनहुँको शुक्लागण्डकी नगरपालिका ११ स्थायी ठेगाना भएका सापकोटा परिवार सहित नवलपरासीमा बस्ने भएता पनि उनको परिवार हाल भारतमा रहेको शुक्लागण्डकी नगरपालिका – ११ वडा कार्यालयले जानकारी दिएको छ ।
२७ बर्षीय सापकोटाले विभिन्न देश लैजाने प्रलोभन देखाएर प्रतिव्यक्ति दुई लाख ५० हजार देखि १२ लाख सम्म असुल गरेको पिडित तामाङ्गले जानकारी दिए । उनीविरुद्ध ठगी आरोपमा जाहेरी परेपनि फरार रहँदै आएका छन् ।
शुक्लागण्डकी नगरपालिका ११ का वडाध्यक्ष शालिकराम भट्टराईले सापकोटाको ठगी धन्दा बारे वडामा समेत जानकारी भएको बताउँदै उनी नेपालमै रहेको समेत जानकारी दिए । ‘मान्छे त्यस्तै प्रकारको छ भन्ने थाहा भयो, केही दिन अघिसम्म यहीँ फिर्दीतिर देखिएको भन्ने समेत जानकारी पाएको थिएँ ।’ वडाध्यक्ष भट्टराईले भने ।
उनी विरुद्ध पक्राउ पुर्जी जारी भएपनि पीडित र प्रहरीबाट लुक्दै आएका छन् ।
सम्बन्धित खबर
तनहुँ गाछेपानीमा ओभर स्पीड भ्यानले डिभाइडर नाघेर स्कूटरलाई ठक्कर दिँदा दुईको मृत्यु
तनहुँमा टिप्परको ठक्करबाट मोटरसाइकल चालक रूपाका धर्मराजको मृत्यु
त्रिशूली नदीमा पौडी खेल्नेक्रममा एक बालक बेपत्ता, एकको सकुशल उद्धार
पोखरा-बन्दीपुरबीच पर्यटकीय साझेदारी
डुम्रेमा भएको दुर्घटनामा २१ जना घाइते, दुईको अवस्था गम्भीर
गगनगौंडाबाट बस चढेका गुञ्जबहादुर दुलेगौंडा नपुग्दै सिटमै ढले
यो पनि पढौँ
फिर्के खोलाका संरचना जेठ ९ गतेभित्र हटाउन महानगरको अन्तिम चेतावनी
सबै यात्रु पिसाब फेर्न ओर्लिनासाथ जिप भिरबाट खस्यो, चालकको मृत्यु
फेवातालमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु
रविसँग रास्वपा सांसदका गुनासो, ‘प्रधानमन्त्री र मन्त्रीको सचिवालयले पनि टेरेन’