पोखरा । मदिरा व्यवसायी समिती कास्कीको आयोजना र युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि(युआरएल)को प्राविधिक सहयोगमा शनिबार पोखरामा मधुमेह तथा रगतमा हुने खराब बोसो (टिजी) सित्तैमा जाँच गरिएको छ । शिविरमा १ सय ५२ जनाको सित्तैमा मधुमेह र टिजी जाँच गरिएको हो ।
कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजावतीले नेपालको स्वास्थ्य क्षेत्रमा निजी क्षेत्रको योगदान सरकारी क्षेत्रभन्दा निकै ठूलो रहेको जनाए । उनले रोग लागिसकेपछि भन्दा पनि लाग्न नदिन यस्ता शिविरले सघाउने जनाए ।
वरिष्ठ मधुमेह, थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डा रमेशराज आचार्यले मधुमेह, थाइराइड, टिजी जस्ता समस्या आउनै नदिन र आएपछि पनि खानपान र जीवनशैलीको ठूलो भूमिका हुने औंल्याए । उनले भने, ‘मधुमेह रोग होइन, एउटा असन्तुलन हो । यसका कारणले आउने जटिलताहरुचाहिँ रोग हुन् । खानपिन र जीवनशैलीलाई ध्यान दिए यो रोग लागिसकेपछि पनि दीर्घजीवन जीवन सकिन्छ ।’ नागरिकलाई सचेत बनाउँदै रोग लाग्न नदिन र लागिहाले पनि उचित उपचारका लागि यस खालका कार्यक्रम निकै उपयोग हुने उनको भनाइ छ ।
युआरएलका अध्यक्ष ठाकुरप्रसाद पन्थ संस्थाले स्थापना कालदेखि स्वास्थ्य शिविरलाई अभियानकै रुपमा अघि बढाएको जनाए । युआरएलको १० वर्षे यात्रामा यसले १ लाख ७० हजारभन्दा बढीलाई शिविरहरुमार्फत् सित्तैमा सेवा दिएको छ । अध्यक्ष पन्तले भने, ‘अब विशेषज्ञ सेवासहित दुर्गम ठाउँमा पनि शिविर गर्ने योजनामा छौँ । हामी विभिन्न संघ, संस्थासँग सहकार्य गरी आयोजना गरेको यो १ सय ५८ औँ शिविर हो ।
मदिरा व्यवसायी समिति कास्की अध्यक्ष सुरेश घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका गण्डकी प्रदेश अध्यक्ष गोविन्द केसी र जिल्ला कार्यसमिति सदस्य कृष्णप्रसाद पौडेलले पनि बोलेका थिए ।
सम्बन्धित खबर
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु