पोखरा । लायन्स क्लब अफ अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ‘जे’ नेपालले दोस्रो राष्ट्रिय महाधिवेशन पोखरामा गर्न लागेको छ ।
महिलामात्र सदस्य भएको संसार भरीको पहिलो क्लब लायन्स क्लब अफ पोखरा गण्डकीको आतिथ्यतामा ३ चैत २०८० मा पोखरा सभागृहमा महाधिवेशन गर्न लागिएको मुल आयोजक कमिटिका संयोजक पूजन शाक्यले जानकारी दिइन् ।

महाधिवेशनमा १२ जिल्लाका ५ डिष्ट्रिक्ट अन्तर्गतका क्लबका करिब ६ हजार प्रतिनिधिले भाग लिनेछन् । ‘महाधिवेशनलाई भव्य र सभ्य रुपमा सम्पन्न गर्न लायन्सका सदस्यहरु उत्साहितका साथ लागेका छन्,’ संयोजक शाक्यले भनिन्, ‘महाधिवेशनलाई सफल पार्न सम्पूर्ण लायन्स तथा लियो क्लब लगायत सबै संघ, संस्थाको सहयोग रहेको छ ।’ उनले लायन्स महाधिवेशनले पोखराको पर्यटन प्रर्वद्धनमा सहयोग पुग्ने बताइन् ।
पर्यटन प्रवर्द्धनको लक्ष्यसहित गर्न लागिएको महाधिवेशनबाट नेपाललाई विश्वसामु चिनाउन सहयोग पुग्ने संयोजक शाक्यको दाबी छ । उनले पर्यटन क्षेत्रका सबै संघ संस्थाले आकर्षक छुट सहितको प्याकेज घोषणा गरेको बताइन् ।
महाधिवेशनमा सहभागिताको लागि दर्ता शुल्क २ हजार ५ सय कायम गरिएको छ । लियो क्लबका लागि १ हजार दर्ता शुल्क तोकिएको छ । महाधिवेशन गर्न २५ देखि ३० सम्म लाखसम्म खर्च लाग्ने अनुमान गरिएको उनले जानकारी दिइन् । महाधिवशेनले नयाँ नेतृत्व चयनसमेत गर्ने छ ।

निवर्तमान डिस्ट्रिक्ट गभर्नर ध्रुव श्रेष्ठले महिला क्लबहरुको व्यवस्थापनमा हुने महाधिवेशन भव्य र सभ्य हुने बताए । अहिले लायन्स क्लब अफ अन्तर्राष्ट्रिय डिस्ट्रिक जे नेपालको गभर्नरमा हरिप्रसाद मरहठ्ठा छन् ।

फर्स्ट भाइस गभर्नर मिलन थापाले सबै विधि र प्रक्रियाबाट नेतृत्व चयन हुने जानकारी दिइन् । लायन्स क्लब अफ पोखरा गण्डकी अध्यक्ष बबी शेरचन, पूर्व अध्यक्ष शारदा पराजुली, भगवती रेग्मी लगायतले लायन्सको महाधिवेशन तयारीबारे बोलेका थिए ।

सम्बन्धित खबर
अपिहिमाल र अर्जुनचौपारीबीच विकास साझेदारी : पाँच वर्षीय भगिनी सम्बन्ध सम्झौता
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
सडक खाना महोत्सवका अवसरमा वालिङमा सार्वजनिक बिदा
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’