स्याङ्जाको विरुवा गाउँपालिकाले प्रतीक चिन्ह (लोगो) सार्वजनिक गरेको छ। विरुवा गाँउपालिकाको १४ औँ गाँउसभाको अवसरमा लोगो सार्वजनिक गरेको अध्यक्ष सुर्य कुँवरले जानकारी दिए ।
गाँउपालिकाकै वडा नं ५ निवासी जिवन वाग्लेले यो लोगो तयार पारेका हुन् । गाँउसभामा वाग्लेलाई नगद सहित सम्मान समेत गरिएको थियो ।
लोगोमा विरुवाको ऐतिहासिक धार्मिक, पुरातात्विक महत्वका क्षेत्रहरु समेटेर तयार पारिएको छ।

पालिकाको पहिचान झल्कने गरी तयार पारिएको लोगो सोमबार अध्यक्ष कुँवरले सार्वजनिक गरेका हुन् । लोगोको माथिल्लो भागमा गाउँपालिकाको नाम छ।
तल्लो भागमा राखिएको रिवनमा गाउँपालिकाको ठेगाना छ । ठेगानाको रिवनसँग जोडेर दुवैतर्फ धान र गहुँको बाला छ।
गाउँपालिकामा पाइने सबै स्रोत प्रष्ट समेटिने गरी प्रतिनिधिमूलक ढंगबाट लोगो तयार पारिएको हो । अब यो लोगो सञ्चालनमा आउने छ ।
हरेक कार्यक्रम, ब्यानर र सबैतिर लोगो प्रयोगमा आउने गाउँपालिका अध्यक्ष कुँवरले बताए ।
‘गाउँ सभाबाट पारित भएपछि औपचारीक रुपमा लोगो बनेको छ’ अध्यक्ष कुँवरले भने, ‘अर्थ दिने गरी बनाइएको लोगो प्रयोग अब सबैतिर हुन्छ ।’
अब गाउँ सभा सदस्यहरुले पनि लोगो लगाउनेछन् । यस अघि लोगो नभएका कारण गाउँ सभा सदस्यहरु लोगोविनै सभामा सहभागी हुने गरेका थिए ।
सम्बन्धित खबर
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
सडक खाना महोत्सवका अवसरमा वालिङमा सार्वजनिक बिदा
११ वर्षीया बालिकालाई करणी गरेका फरार अभियुक्त पक्राउ
दरौंखोला र गड्यौलीखोलामा ७५ हजार माछाका भुरा छाडियो
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’