स्याङ्जाको विरुवा गाउँपालिकाले प्रतीक चिन्ह (लोगो) सार्वजनिक गरेको छ। विरुवा गाँउपालिकाको १४ औँ गाँउसभाको अवसरमा लोगो सार्वजनिक गरेको अध्यक्ष सुर्य कुँवरले जानकारी दिए ।
गाँउपालिकाकै वडा नं ५ निवासी जिवन वाग्लेले यो लोगो तयार पारेका हुन् । गाँउसभामा वाग्लेलाई नगद सहित सम्मान समेत गरिएको थियो ।
लोगोमा विरुवाको ऐतिहासिक धार्मिक, पुरातात्विक महत्वका क्षेत्रहरु समेटेर तयार पारिएको छ।

पालिकाको पहिचान झल्कने गरी तयार पारिएको लोगो सोमबार अध्यक्ष कुँवरले सार्वजनिक गरेका हुन् । लोगोको माथिल्लो भागमा गाउँपालिकाको नाम छ।
तल्लो भागमा राखिएको रिवनमा गाउँपालिकाको ठेगाना छ । ठेगानाको रिवनसँग जोडेर दुवैतर्फ धान र गहुँको बाला छ।
गाउँपालिकामा पाइने सबै स्रोत प्रष्ट समेटिने गरी प्रतिनिधिमूलक ढंगबाट लोगो तयार पारिएको हो । अब यो लोगो सञ्चालनमा आउने छ ।
हरेक कार्यक्रम, ब्यानर र सबैतिर लोगो प्रयोगमा आउने गाउँपालिका अध्यक्ष कुँवरले बताए ।
‘गाउँ सभाबाट पारित भएपछि औपचारीक रुपमा लोगो बनेको छ’ अध्यक्ष कुँवरले भने, ‘अर्थ दिने गरी बनाइएको लोगो प्रयोग अब सबैतिर हुन्छ ।’
अब गाउँ सभा सदस्यहरुले पनि लोगो लगाउनेछन् । यस अघि लोगो नभएका कारण गाउँ सभा सदस्यहरु लोगोविनै सभामा सहभागी हुने गरेका थिए ।
सम्बन्धित खबर
विदेशसम्म पुग्न थाले चापाकोटका काठे ठेकी
स्याङ्जाका ८३ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, १४ वडामा आज
अर्जुनचौपारी स्वास्थ्य चौकी लगातार दोस्रोपटक जिल्लामै उत्कृष्ट
तीन वर्षमा स्याङ्जाका दुई हजार ९१० जनाले लिए सुरक्षित गर्भपतन सेवा
स्याङ्जामा चिप्लिएर नहरमा खसेका वृद्धको मृत्यु
माइक्रो बस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
यो पनि पढौँ
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा