पोखरा । अन्नपूर्ण गाउँपालिका सुदामेस्थित श्री भूमे आधारभूत विद्यालयको छात्रावासमा अस्ट्रियन कलाकार हाइन्ज प्रएन्स्टरले आकाशमा तारा चम्किरहेको आभास दिने आकाशगंगा कलाकृति निर्माण गरेका छन् ।
कलाकार हाइन्जले विद्यालयको छात्रावासको छतमा विशेष खालको पेन्टिङ र रङको प्रयोग गरी चम्किरहेका ताराहरूको मनमोहक क्यानभास तयार गरेका छन् ।
रातीमा विद्युतको प्रकाशले १५ सेकेन्डमै चार्ज हुने हुँदा शान्तिपूर्ण सङ्गीतको माहौल बनाइ आरामदायी निद्रा र शान्तिपूर्ण सपनाका लागि वातावरण तयार गर्छ । विद्यार्थीका लागि यसले खगोलीय अनुभूति दिने छ । छाताघरलाई अलौकिक प्रकाशको साथले रमाइलो वातावरण प्रदान गर्ने कलाकारको धारणा छ ।
हिमालयको काखमा रहेको विद्यालयको वातावरणबाट प्रभावित भएर हाइन्जले पहिलो स्टारसिड कला उपहार दिएको जनाएका छन । यो नेपाल मै पहिलो पटक प्रयोग गरिएको स्थापत्य कला हो । यसबाट ३ देखि १३ वर्षसम्मका ८० जना विद्यार्थी लाभान्वित हुने छन् ।
अस्ट्रियाली कलाकार र नेपाली स्कुलबिचको सहयोगले आकाशगंगा र पर्यावतरण जागरुकताको महत्वलाई केन्द्रमा राखेको छ । कलात्मक उत्कृष्टतासँगै पर्यावरणीय दायित्वको सङ्गम भएकाले छात्रावासलाई चम्किला ताराको आकाशमा परिवर्तन गरेको छ ।
आकाशगंगा निर्माणसँगै कलाकार हाइन्जले विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग र खाद्यन्य हस्तान्तरण गर्न पाउँदा आफू नेपालप्रति खुसी रहेको जनाए ।
सम्बन्धित खबर
अपिहिमाल र अर्जुनचौपारीबीच विकास साझेदारी : पाँच वर्षीय भगिनी सम्बन्ध सम्झौता
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
सडक खाना महोत्सवका अवसरमा वालिङमा सार्वजनिक बिदा
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’