बाग्लुङ : भिरबाट लडी मृत्यु
मिति २०७५।०४।२२ गते अन्दाजी ०७ : ०० बजेको समयमा बाग्लुङको काठेखोला गाउँपालिका-२ भीमपोखरा बस्ने वर्ष ४० की सानी माया किसान आफ्नो घर देखी अन्दाजी १५ मिनेट पूर्व पर्ने खर बारीमा घाँस काट्ने क्रममा अचानक भिरबाट ५० मिटर तल खस्न जाँदा घाईते भई निजको श्रीमानले उपचारको लागी अंञ्चल अस्पताल धौलागिरी बाग्लुङ ल्याईएकोमा डाक्टरले मृत घोषणा गरेको भन्ने खबर प्राप्त हुनासाथ उक्त स्थानमा प्रहरी टोलि खटि गएको छ ।
गोरखा : डुबि मुत्यु
मिति २०७५।०४।२२ गते गोरखाको पालुङटार नगरपालिका वडा नं. ७ च्याङ्ली बस्ने सोम बहादुर थापाको छोरा वर्ष ४ को निक्लस थापा घरमा नभेटीई खोज्दै जांदा घर देखी ५० मिटर पुर्व तर्फ रहेको बर्षातको पानी जम्मा गरी राखेको पानिपोखरीमा डुबेको अवस्थामा देखि बाहिर निकाली हेर्दा मृत्यु भई सकेको भनि आज १३:०० बजे खबर प्राप्त हुनासाथ तत्काल प्रहरी टोली घटनास्थलमा खटी गई थप अनुसन्धान गरिरहेको छ ।
नवलपरासी (बर्दघाट सुस्ता पूर्व) : शव फेला
मिति २०७५।०४।२२ गते अंन्दाजी १२:३० बजेको समयमा जिल्ला नवलपरासी (बर्दघाट सुस्ता पूर्व ) बिनयी त्रिबेणी गाउँपालिका ४ स्थित नारायणी नदिको पुलको २६ नम्बर ढोकामा नाम थर वतन नखुलेको महिलाको शव पानीमा छ भन्ने खबर प्राप्त हुनासाथ तत्कालै प्रहरी टोलि खटि गई थप अनुसन्धान गरिरहेको छ ।
कास्की : लागु औषध सहित १ जना पक्राउ
मिति २०७५।०४।२२ गते अन्दाजी ०६:२५ बजेको समयमा जिल्ला कास्की पोखरा लेखनाथ महानगरपालिका-९ पृथ्बीचोक स्थित दिप मम रेष्टु०रेण्टमा जिल्ला कपिलबस्तु बगुनि घर बताउने वर्ष-१९ को शेषकान्त थारु बसिरहेको अबस्थामा शंका लागी अस्थाई प्रहरी पोष्ट पृथ्बिचोकबाट गस्तीमा खटिएको प्रहरी टोलिले चेकजाँच गर्ने क्रममा निजको साथमा रहेको कालो झोलामा फेनरागन १८० थान,डाईजेपाम १८० थान,नुरफिन १८० थान र नाईट्रोजन ट्याबलेट ३ पत्ता समेत बरामद गरी निजलाई नियन्त्रणमा लिई थप अनुसन्दान गरिरहेको छ ।
स्याङजा : लागु औषध सहित १ जना पक्राउ
मिती २०७५।०४।२२ गते अन्दाजी १३:२० बजेको समयमा स्याङजाको वालिङ नगरपालिका ८ वालिङ मोडमा चेकिङमा खटिएको प्रहरी टोलीले सुनौलीबाट पोखरा तर्फ आउदै गरेको लु १ ख ५८८० न.को बस चेकजाच गर्ने क्रममा पोखरा २९ बस्ने वर्ष १९ को कृष्ण परियारको झोलाबाट फेनरागन २५थान, डाईजेपाम २५ थान र नुरफिन २५थान गरि जम्मा ७५ थान लागूऔषध फेला पारी नियन्त्रणमा लिई थप अनुसन्धान तथा कारवाहिका लागि वडा प्रहरी कार्यालय वालिङमा राखिएको छ ।
प्रहरी उपरीक्षक
(विरेन्द्र कुमार वस्याल)
सम्बन्धित खबर
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु