पोखराको बालोदय माध्यमिक विद्यालयको ३६ औं स्थापना दिवसको अवसरमा जिल्लास्तरीय अन्तर विद्यालय चित्रकला प्रतियोगिता गरिएको छ ।
विद्यालयमा स्थापित बालोदय आर्ट एण्ड क्राफ्ट क्लबको आयोजनामा भएको प्रतियोगितामा रिलायन्स पब्लिक स्कुलकी छात्रा सृष्टि नेपाली प्रथम, सोही विद्यालयका छात्रा कृष्टिना गुरुङ द्वितीय, विभुती विद्या सदनकी इच्छा गुरुङ तृतीय र सबलाइम माविकी रेजिना ढकालले सान्त्वना स्थान प्राप्त गरेका छन्।
विद्यालयका प्रबन्ध निर्देशक दुर्गादत्त पंगेनीको अध्यक्षता तथा पोखरा वडा नं. १७ का वडा अध्यक्ष राधिका कुमारी शाहीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा ४३ वटा विद्यालयका ७२ जना विद्यार्थीको सहभागिता रहेको थियो।
प्रतियोगिताको समापन समारोहमा बोल्दै प्रमुख अतिथि शाहीले यस्ता खालका सिर्जनशील कार्यक्रमले विद्यार्थीहरुको अन्तरनिहित प्रतिभाको प्रस्फुटन हुने बताइन् । साथै, प्रतियोगिताका विजयी तथा सहभागी सम्पूर्ण विद्यार्थीहरुलाई विद्यालयका प्राचार्य टेकनाथ पौडेलले बधाई तथा शुभकामना व्यक्त गरे ।
प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान प्राप्त गर्न सफल विद्यार्थीहरुलाई नगद दश हजार, पाँच हजार, तीन हजार र दुई हजार तथा ट्रफी एवम् प्रमाणपत्रसहित विद्यालयको वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा पुरस्कृत गरिने जानकारी कार्यक्रम संयोजक शिव सिर्पालीले गराए ।
सम्बन्धित खबर
स्याङ्जामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते
स्याङ्जाको चापाकोट नगरपालिकाका विद्यालयमा एक दिन बिदा
स्याङ्जामा राति सवारी चलाउन रोक
बाबुको विरासत, आफ्नै पहिचान, राजनीतिमा युवा नेतृत्वः किरण केसी
भारी वर्षाको सम्भावनापछि स्याङ्जामा उच्च सतर्कता अपनाउन आग्रह
स्याङ्जाका १० पालिकामा कांग्रेसको नेतृत्व चयन, एउटामा आज निर्वाचन
यो पनि पढौँ
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन