पोखरा । विश्व सिमसार दिवसको अवसर पारेर पोखराको पालिखेचोकस्थित प्रतिभा माविले सचेतनामूलक चित्रकला प्रतियोगिता आयोजना गर्यो ।
विद्यालयको क्रिएटिभ माइन्डस क्लबले आयोजना गरेको उक्त प्रतियोगितामा अमन कुँवरले कोरेको चित्रले प्रथम स्थान हाँसिल गर्दै ५ हजार रुपैयाँ पुरस्कार पायो । त्यस्तै, आयान इकवालको चित्र दोश्रो हुँदै ३ हजार र निश्चल सुवेदी र केशव शाहीको चित्रले तृतीय स्थान हासिल गर्दै जनही २ हजार रुपैयाँ पुरस्कार पाएको प्राप्त गर्यो ।
कक्षा ११ र १२ का विज्ञान, व्यवस्थापन तथा होटल व्यवस्थापन विषयका विद्यार्थीले भाग लिएका थिए । फेवाताल सिरानको खपौदी क्षेत्रमा गएर स्थलगत रुपमै चित्र कोरेका करिब एकसय जना विद्यार्थीले शुक्रबार दिवसको अवसर पारेर विद्यालयमा प्रदर्शनी गरेका थिए ।
विद्यालयका प्राचार्य किरण सापकोटाका अनुसार करिब एक सय जना विद्यार्थीले फेवातालको सिरान क्षेत्रमा रहेर सिमसार क्षेत्रलाई झल्काउने गरि चित्र कोरेका थिए । प्रकृतिसँग सामिप्यता गराएरै चित्र कोर्दा वास्तविकता झल्किने भएकोले खपौदी क्षेत्रमा लगेको प्राचार्य सापकोटाले बताए । विद्यार्थीले खपौदी क्षेत्रमै बसेर प्रकृति नियाल्दै सिमसार क्षेत्रको अवस्था झल्काउने चित्र कोरेका थिए ।
विहीबार चित्र कोरेका विद्यार्थीले शुक्रबार विद्यालय परिसरमा प्रदर्शनी गरे । कार्यक्रमको विद्यालय संचालक समितिका अध्यक्ष नारायणप्रसाद पौडेलले उद्घाटन गरेका थिए । पौडेलले मानव जीवनका लागि सिमसार क्षेत्रको अति नै महत्व रहेको बताए । उनले जलवायु परिवर्तनले वातावरणमा परेको असरबारे सचेत हुनुपर्ने बताए ।
‘सिमसार क्षेत्रमा परेको असरले मानव बस्तीमा प्रभाव पार्न थालेको छ । यसको चिन्ता विश्वव्यापी रुपमा जनाउन थालिएको छ,’ पौडेलले भने, ‘वातावरण सन्तुलनमा राख्नका लागि सिमसार क्षेत्रको महत्व छ । सिमसार क्षेत्रको महत्व नबुझ्नेले मात्र त्यसको दोहन गरिरहेका छन ।’
चित्रकला प्रतियोगितामा उत्कृष्ट चित्रलाई पुरस्कृत पनि गरिएको थियो । विद्यालयको क्रिएटिभ माइन्डस क्लवका अध्यक्ष सिद्धान्त खनालले विद्यालयस्तरमै सिमसार क्षेत्रबारे सचेत बनाउने हो भने भविश्य पनि उज्जवल हुने बताए । जलवायु परिवर्तनको असर र सिमसार क्षेत्रको महत्वबारे विद्यार्थीलाई ज्ञान आवश्यक रहेको उनले बताए ।
विश्व सिमसार दिवस हरेक वर्षको फेब्रुअरी २ मा चेतनामुलक विभिन्न कार्यक्रम मनाइँदै आइएको छ । सिमसारलाई जैविक विविधताको हिसाबले महत्वपूर्ण क्षेत्र मानिन्छ । सिमसार क्षेत्रले विभिन्न प्रजातिका जीव तथा वनस्पतिलाई आश्रय दिने गरेको छ ।
सम्बन्धित खबर
दुई प्रदेश जोड्ने राम्दी पुल निर्माण अन्तिम चरणमा
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
चार वर्षमै अर्जुनचौपारीको शिक्षा क्षेत्रमा ठूलो फड्को
स्याङ्जामा बालबालिकालाई सारङ्गी सिकाइँदै, जोगाइँदै मौलिक संस्कृति
भरुवा बन्दुकसहित एक वृद्ध पक्राउ
गण्डकी प्रदेश प्रमुख भट्टसमक्ष मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेस
यो पनि पढौँ
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह