मितिः२०७५।०४।२२
सुन्दरकुमार थकाली,मुस्ताङ
नेपालकै क वर्गको लोकप्रिय बित्तिय संस्था माछापुच्छ«े बैङ्कले आफ्नो २२ औ शाखा रहित सेवा सुरु गरेको छ ।
मुलुकमा संघीयता कार्यान्वय संगै माछापुच्छ«े बैङ्कले स्थानीय स्तरमा जनतालाई सेवा प्रवाह गर्ने उद्देश्यल शाखा रहित सेवा प्रवाह गरेको शाखा रहित बैङ्क शाखाका प्रमुख बिकास श्रेष्ठले जानकारी दिनुभयो ।उहाँका अनुसार माछापुच्छ«ेले देशका विभिन्न स्थानगरी २२ वटा शाखा बिस्तार गरेको र पर्यटकिय गाउँ मार्फामा पहिलो भएको जनाए ।
बैङ्ककी जोमसोम शाखा प्रमुख कृष्मा श्रेष्ठका अनुसार माछापुच्छ«ेले मार्फापछि उपल्लो मुस्ताङको लोमान्थाङ,वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको कागबेनी र थासाङ गाउँपालिकाको लेतेमा शाखा रहित बित्तिय सेवा संञ्चालन गर्न लागेको हो ।उनले शाखा रहित बैङ्क सेवा सुरु भएपछि गाउँका किसानले १ लाख देखि १० लाख सम्मको कर्जा ऋणका लागि प्रक्रिया अघि बढाउन सक्ने बताईन् ।बैदेशिक रोजगारका लागि बिभिन्न मुलक गएका नेपालीले पठाएको पैसा रेमिट्यान्स सेवाले सदरमुकाम पुग्नुपर्ने झन्झटिलो पनाबाट मुक्ति पाउने भएका छन् भने सामाजिक सुरक्षा भत्ता अन्तर्गत सरकारले उपलब्ध गराउने आर्थिक रकम घरदैलोमै प्राप्त गर्न सकिने जोमसोम शाखाकी प्रमुख श्रेष्ठको भनाई छ ।

मंगलबार एक औपचारिक कार्यक्रम गरेर माछापुच्छ« बैङ्कले २२ औ शाखा बिस्तार गरेको हो ।पोखरा बगर शाखाका प्रमुख मनोजराज घिमिरे ,जोमसोम शाखाकी प्रमुख कृष्मा श्रेष्ठ ,पम्फा थकाली र शाखा रहित बैङ्क सेवाका प्रमुख बिकास श्रेष्ठको टोलीले मार्फामा शाखा रहित बैङ्क स्थापना गरेको हो ।
सो अवसरमा घरपझोङ गाउँपालिकाका अध्यक्ष आशबहादुर थकाली र स्थानीय लामा गुरुले शाखा रहित बैङ्क सेवाको उद्घाटन गरेका हुन् ।घरपझोङ अध्यक्ष थकालीले शाखा रहित बैङ्क सेवाले जनतालाई आर्थिक कारोवार सहजता पु¥याउने बिश्वास व्यक्त गरे ।शाखा रहित बैङ्क सेवा मार्फाको सहयोगीको रुपमा स्थानीय कल्पना हिराचनलाई खटाईएको शाखा रहित बैङ्क शाखा प्रमुख बिकास श्रेष्ठले जानकारी दिए ।

सम्बन्धित खबर
चिसो बढेसँगै अपर मुस्ताङको जनजीवन प्रभावित, अधिकांश होटल बन्द
माथिल्लो मुस्ताङ जान विदेशीलाई दैनिक ५० डलर शुल्क लिने सरकारको निर्णय
मुस्ताङ घुम्न गएका तीर्थालुको लेक लागेर मृत्यु
मुस्ताङका उच्च हिमाली पदमार्गमा बुधबारसम्म यात्रा नगर्न प्रशासनको आग्रह
अन्नपूर्ण ट्रेक र मुस्ताङमा पर्यटकको लर्को
बागलुङमा मुस्ताङी च्याङ्ग्राको आयातमा कमी
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?