पोखरा । ठेकेदारले चाहेमा कुनै पनि विकास निर्माणका योजना समय अगाडि नै सम्पन्न गर्न सक्छन् भन्ने उदाहरण बनेको छ राम्चे सडक नाला सहितको ढलान योजनाले ।
गत पुस १७ गते योजना सम्झौंता भई निर्माण शुरु भएको सो योजना डेढ महिना अघि नै निर्माण सम्पन्न भएको छ । पोखरा महानगर पालिका वडा नं. १९ को वडा स्तरिय योजना अन्र्तगत कुल ७० मिटर लामो सो सडक निर्माणको जिम्मा पाएका सुजन पाण्डेले सम्पन्न गर्नुपर्ने मिति अगावै निर्माण सम्पन्न गरेको उपभोक्ता समितिका अध्यक्ष हिमलाल पौडेलले जानकारी दिए ।
वडा कार्यालय र उपभोक्ता समितिको कुल ४ लाख ११ हजार ६ सय ४९ रुपैया लागत रहेको सो योजना सानो भएता पनि सवै पक्षको समन्वयवाट निधारित समय भन्दा डेढ महिना अगावै सम्पन्न भएको बताउदै, अध्यक्ष पौडेलले साना योजनावाट पाठ सिक्न ठुला योजना होल्ड गर्ने ठेकेदारलाई सुझाव दिएका छन् । सो योजनाको लागी वडा कार्यालयले ३ लाख ७० हजार वजेट विनियोजन गरेको थियो ।
घार्मीको मुटु भनेर चिनिने राम्चेमा वरपर कालोपत्रे सडक भए पनि विचको केही भाग त्यत्तिकै छोडिएकोमा अब उक्त भाग पनि नाला सहितको ढलान भएपछि कुनै समस्या नहुने सचिव प्रेमबहादुर जिसीले वताउनुभयो । सडक निर्माण कार्य छोटो समयमा पनि गुणस्तरीय काम भई सम्पन्न भएकोमा वडा सदस्य एवं अनुगमन समितिका संयोजक कल्पना सुनारले खुशी व्यक्त गर्नुभयो ।सो सडक निर्माण पछि ४२ घरधुरीका करिव २ सय जनसंख्या लाभाम्वित भएका छन् । घार्मीमा निर्माणधिन तागाको मुख घार्मी ग्रामिण सडकको वाकी भाग, मरेवारी खानेपानी मर्मत योजना तथा मरेवारी खेत सडक पनि निर्धारित समयमै सम्पन्न गर्न स्थानिय उपभोक्ताले आग्रह गरेका छन् ।
विकासका दृष्टिले पछाडी परेको पर्यटकीय गाउँ घार्मीमा पछिल्लो समय सडक, खानेपानी र शिक्षाको विकासमा भने निकै फड्को मारेको वताईएको छ ।
सम्बन्धित खबर
स्याङ्जामा आर्थिक गणनाको आधार तयार, नयाँ कार्यालयबाट तथ्यांक संकलन सुरु
ग्रामीण सडकमा ट्राफिक सचेतना अभियान सुरु, दुर्घटना घटाउने लक्ष्य
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, विशेषज्ञ सेवा एकै ठाउँमा
गण्डकी प्रदेश सभाको अधिवेशन चैत ८ गते आह्वान
६ वर्षको सजाय बाँकी रहेका फरार कसूरदार पक्राउ
भीरकोटमा बालमैत्री दिवस : उत्कृष्ट शिक्षक र विद्यार्थी सम्मानित
यो पनि पढौँ
पूर्व मेयर थापाको निधनमा पोखरा महानगरले दियो शोक बिदा
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर