पर्वत : शव फेला
पर्वतको मोदी गाउँपालिका वडा नम्बर ६ दोबिल्ला स्थित हरी प्राथमिक बिधालयका प्रधानाध्यापक कुश्मा नगरपालिका वडा नम्बर ९ साल बिसाउना बस्ने वर्ष ५९ को शिब प्रसाद शर्मा मिति २०७५।०४।१८ गते बिहान ०७;०० बजेको समयमा आफ्नै घरबाट हराई बेपत्ता भएकोमा निजको आफन्त र प्रहरी मिली खोजतलास गर्ने क्रममा आज मिति २०७५।०४।२३ गते दिउसो अन्दाजी १३:४५ बजेको समयमा जिल्ला पर्वत कुश्मा नगरपालीका वडा नम्बर ९ झापे बगर ठाडो खोलामा मृत अबस्थामा फेला परेकोले घटनाका विषयमा थप अनुसन्धान भईरहेको छ ।
पर्वत : शव फेला
मिति २०७५।०४।२३ गते अंन्दाजी १०:०० बजेको समयमा जिल्ला पर्वत जलजला गाउँपालिका वडा नं. ८ शेरा स्थित मिलनचोक देखि नाग्लिवाङ जाने कच्ची सडक खण्डमा सडक बाट अंन्दाजी ४०/४५ को भिम बहादुर रेग्मीको घोप्टो परेको अवस्थामा मृत शव छ भन्ने खबर प्राप्त हुनासाथ तत्काल प्रहरी टोली खटि गई घटनाका विषयमा थप अनुसन्धान भईरहेको छ ।
कास्की : करेन्ट लागी घाईते
मिति २०७५।०४।२३ गते अन्दाजी १३.०० बजेको समयमा पोखरा ६ जरेबर स्थित बिजुलिको लाईनको तार फेर्ने क्रममा पर्वत घर भई हाल पोखरा २ फिर्के बस्ने वर्ष ३० को शम्शेर परियारलाई अचानक करेण्ट लागि घाईते भएको भन्ने खबर प्राप्त हुनासाथ तत्कालै प्रहरी टोलि खटि गई घाईतेलाई उपचारको लागि गण्डकी मेडिकल कलेज पठाईएको छ ।
प्रहरी उपरीक्षक
(विरेन्द्र कुमार वस्याल)
सम्बन्धित खबर
अवैध सालको काठसहित मिनि ट्रक नियन्त्रणमा
पुस ७ देखि अर्जुनचौपारीमा तीनदिने राष्ट्रपति रनिङ शिल्ड तथा शैक्षिक महोत्सव
रानीथुम्का आधारभूत विद्यालयमा महायज्ञ हुँदै
लामो समयदेखि फरार रहेका दुई प्रतिवादी पक्राउ
अर्जुनचौपारीमा एकदिने स्वास्थ्य शिविर
६ विद्यालयका एक सय १२ विद्यार्थीलाई न्यानो कपडा
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?