पोखरा । मानवअधिकार पत्रकार संघ हुर्जा गण्डकीले यश कुमारी जिसीको ३५ औं वार्षिक पुण्यतिथिमा स्मृति सभाको आयोजना गरी यशकुमारीको योगदानको चर्चा गरेको छ ।
साहित्यकार मदन भण्डारीले अदक्ष नेतृत्वका कारण राज्यमा सुधार र सुशासन ओझेलमा पर्दै गएकोमा चिन्ता व्यक्त गरे । उनले महाकवि लक्ष्मीप्रसाद देवकोटाको कुशल नेतृत्वको दृष्टान्त दिँदै सबैलाई आफ्नो जिम्मेवारी बोध गर्नसमेत आग्रह गरे ।
संस्थाका निवर्तमान अध्यक्ष राजेश पराजुलीले यशकुमारीको परिवारले हुर्जाप्रति देखाएको विश्वासलाई कहिल्यै मर्न नदिने बताए । साथै उनले हुर्जाले १२ वर्ष अगाडि शुरुवात गरेको पत्रकार सम्मान तथा पुरस्कारको अनुशरण विभिन्न संघसंस्थाबाट हुनु एउटा गौरवको विषय भएको धारणासमेत राखे ।
यशुकुमारी जिसी स्मृति कोषका संस्थापक सविन जिसीले दिदीको प्रेरणाबाट ज्ञान आर्जनका माध्यम शिक्षा नै हो भन्ने प्रेरणा पाएर छोडेको अध्ययनलाई पनि निरन्तरता दिएको बताए ।
कोषका संरक्षक अश्विन जिसीले महिला प्रशिक्षण केन्द्र जावलाखेलको २०३९ सालको पहिलो व्याचका रुपमा रहेकी यशकुमारीले ग्रामीण महिलाहरुको पेवा बढाउने, समूह गठन र महिलालाई विना धितो लगानी, कृषितर्फ अदुवा, तरकारी, वेसा, कफी खेती, रेशम किरा पालन, बाख्रा, भैंसी, कुखुरा पालन, उद्योगतर्फ पाउरोटी, गलैचाँ सिलाइबुनाइ तालिम प्रदान गरी महिला शसक्तिकरणका क्षेत्रमा उलेख्य योगदान दिएको स्मरण गरे ।
पोखरा लामाचौर–१९ मा जन्मेकी जिसीको तत्कालीन महिला तथा बालबालिका विकास कार्यालयमा प्रमुखका रूपमा कार्यरत रहेका बेला २०४५ फाल्गुन १ गते स्याङ्जाको वालिङमा कार्यरत रहेको अवधिमा निधन भएको थियो ।
संघका महासचिव सुशील श्रेष्ठले यशकुमारीको योगदानलाई चिरस्थायी गराउन भाइ सविन जिसीको सक्रियतामा परिवारजनले स्थापना गरेको अक्षयकोषबाट हरेक दुई वर्षमा १५ हजार १५ राशीको पुरस्कार वितरण हुँदै आएको जानकारी गराए ।
यशुकुमारी स्मृति पुरस्कारबाट अधिकारकर्मीद्वय प्रमिला तझ्या र सानुमाया गुरुङ पुरस्कृत भइसकेको र यसै वर्ष पुरस्कार अर्पण गरिने उपाध्यक्ष विरेन्द्र सापकोटाले जानकारी गराए ।
असफल गौतमले संस्थापक अध्यक्ष कृष्ण अञ्जान ज्ञवालीको निधनले संघलाई अभिभावक विहिन तुल्याएकाले उनको स्मृतिमा संस्थाको मुखपत्रलाई विशेषाङ्ककारुपमा प्रकाशित गरी हुर्जाले सञ्चालन गरेका विविध पुरस्कारसमेत सोही समारोहबीच अर्पण गर्ने बताए ।
सभामा यशकुमारी स्मृति कोषकी संस्थापक सीता जिसी, सुमित्रा जिसी, कल्पना जिसीलगायतले यशकुमारीका विविध आयाम र अध्यायका बारेमा चर्चा गरेका थिए ।
सम्बन्धित खबर
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
स्याङ्जामा बाघको आक्रमणबाट १० वटा बाख्रा मरे
१५ वर्षपछि दामाचौर–रामपुर जोड्ने ट्रस पुल निर्माण सम्पन्न
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो