पोखरा । आँटीघर भिलेज जंगल रिसोर्टमा इन्द्रेणी साँझ हुने भएको छ । फागुन ५ गते शनिबार दिउँसो १ बजेदेखि इन्द्रेणी साँझ हुने रिसोर्टका सञ्चालक सरोज गुरुङले बताए । इन्द्रेणी साँभमा कलाकार कृष्ण कँडेलसहितको टोली पोखरा आउनेछन् ।
पोखरा महानगरपालिका २० मा रहेको आटिघर भिलेजमा कँडेलसँग लोक गायक चोलेन्द्र पौडेल, गुरुङ फिल्म नायका तथा लोक गायक सबिना गुरुङ आउने कार्यकतालिका छ । त्यस दिन लोक गायका नबु सुवेदी, गंगा परियार, इन्द्र गुरुङ पनि आउने रिसोर्ट सञ्चालक गुरुङले बताए । उनले स्थानीय पर्यटनलाई उजागरसँगै मौजाको पर्यटन प्रवद्र्धन गर्न इन्द्रेणी साँझ गर्न लागिएको जानकारी दिए ।
पोखरा १६ निवासी गुरुङले आफ्नो पुख्यौंली थलो मौजाको ३२ रोपनी जग्गामा ५ वटा भिल्लासहितको आँटीघर भिलेज जंगल रिसोर्ट सञ्चालनमा ल्याएका छन् । उनले रिसोर्ट सञ्चालनमा ल्याएको खुसीयाली र मौजाको प्रवद्र्धन गर्न इन्द्रेणी साँझ गर्न लागिएको बताए । उनका अनुसार रिसोर्टबनाउन ७ करोड खर्च भइसकेको छ । त्यो रकम जग्गाको मुल्यांकन बाहेकको खर्च हो । ‘यो रिसोर्टले केबल आटिघरको मौलिक र अर्गानिक खानेकुरा प्रथामिकता दिन्छ,’ सञ्चालक गुरुङले भने, ‘१५ वर्ष लामो हङकङ बसाईंको कमाइ र अनुभवले रिसोर्ट खोलेको हुँ ।’
हङकङमा रहेर रात्रिकालीन व्यवसाय, जिम र रेष्टुरेन्टमा सफल भएपछि आफ्नै जन्मथलोमा व्यवसाय गर्न लागेको उनको भनाइ थियो । ‘१८ सय उचाइमा पर्ने आटिघर मौजा रिसोटबाट अन्नपूर्ण हिमाल रेञ्ज ल्याण्डस्केलमा देख्न सकिन्छ । अगाडि मनोरम हिमाल, स्वास्छ हावाका साथमा पर्यटन रमाउन सक्छन्,’ उनले भने । ३ वर्षको मेहेनत लगाएर रिसोर्ट तयार पारेको उनले बताए ।
‘हामी अर्गानीक खाना पस्कन्छौं । गाउँमा ६० घरधुरी छ । त्यहाँ उत्पादन चिज बाहेक बाहिरबाट केही मगाउँदैनौं । पर्यटकलाई अर्गानिक टेष्ट चखाएर पठाउँछौं,’ उनले भने । रिसोटमा प्रति भिल्ला एक रात बसेको ७ हजार रुपैयाँमा वीथ ब्रेकफास्ट हुन्छ । यो रकम केबल नेपालीका लागि मात्र हो ।’
रिसोर्ट पुगेपछि टेन्टमा बस्न चाहनेले टेन्टमा बस्ने सक्ने उनको भनाइ थियो । टेन्टको प्रति रात १५ सय रुपैयाँ लाग्ने उनले सुनाए । पोखरा बजारदेखि ११ किलोमिटर दूरीमा रहेको आटिघर मौजा पुग्न सकिन्छ ।
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ