स्याङ्जाको चापाकोटमा स्वर्गीय सन्तोष थापा स्मृति कप २०८० हुने भएको छ । उक्त भलिबल प्रतियोगितामा राष्ट्रिय खेलाडीहरुको सहभागिता रहने आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
गण्डकी प्रदेशका कुशल खेलाडी रहेका चापाकोट नगरपालिका-२ धुर्कोटका सन्तोष थापाको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको थियो । उनकै स्मरणमा भलिबल प्रतियोगिता आयोजना गरिएको हो ।
चापाकोट उद्योग वाणिज्य संघद्वारा आयोजित दोस्रो चापाकोट महोत्सव तथा व्यापार मेला २०८० को अवसर पारी `स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेल्कुद´ भन्ने मुल नारासहित गण्डकी प्रदेशका पुरुष भलिबल टीमका सदस्य स्वर्गीय सन्तोष थापाको स्मृतिमा चापाकोट नगरपालिका – ९ स्थित गङ्गालाल मा.वि. खेलमैदान, सुन्तलीटारमा भलिबल प्रतियोगिता आयोजना गरिएको खेल संयोजक राजन दर्लामी मगरले पत्रकार सम्मेलनमार्फत जानकारी दिए ।
आइतबार आयोजित पत्रकार सम्मेलनमा गण्डकी प्रदेशका पुरुष भलिबल टीमका खेलाडी सदस्य समेत रहेका दर्लामीले यहि फागुन ८ गते भलिबल प्रतियोगिता सुरु गरी १३ गतेसम्म सम्पन्न गरिने बताए । प्रतियोगितामा राष्ट्रिय खेलाडीहरुसहित गण्डकी र लुम्बिनी दुई प्रदेशका गरी १२ टीमको सहभागिता रहने जानकारी दिए ।
भलिबल प्रतियोगिताको उद्घाटनमा पहिलो खेल पर्वत र पाल्पाबीच हुने खेल संयोजक दर्लामीले बताए । उनका अनुसार प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने टीमलाई क्रमशः १ लाख ५० हजार, १ लाख र ५० हजार नगदसहित ट्रफी र मेडल पुरस्कार स्वरुप प्रदान गरिनेछ भने ६ वटा विभिन्न विधाका उत्कृष्ट खेलाडीहरुले जनही ३ हजार नगदसहित ट्रफी प्राप्त गर्नेछन् ।
स्वर्गीय थापाको मृत्युको ४५ दिनको तिथी पारी उनको सम्झनामा स्मृतिकप आयोजना गरिएको हो । उक्त स्मृतिकपको खुला भलिबल प्रतियोगितामा गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका चर्चित राष्ट्रिय खेलाडीहरुको सहभागितामा महाभिडन्त हुने आयोजकले जनाएको छ ।
आयोजकले सम्मेलनमार्फत प्रतियोगी टीमलाई खाना र बस्ने सुविधा रहेको जनाएको छ । चापाकोट नगर खेलकुद विकास समितिका अध्यक्ष मिलन राना पुरनले प्रतियोगिता संचालन गर्दा अनुमानित १७ लाख खर्च हुने बताएका छन् । उनले खेल प्रतियोगिताका लागि चापाकोट उद्योग वाणिज्य संघद्वारा ४ लाख रुपैयाँ छुट्याइएको र चापाकोट नगरपालिकाले ५० हजार सहयोग गरेको जानकारी दिए ।
नगर खेलकुद विकास समितिका अध्यक्ष रानाले प्रतियोगितामा नपुग खर्च भने स्थानीय संघसंगठन तथा व्यक्तिगत सहयोगले पूरा गरि खेल भब्य रुपमा सम्पन्न गरिने बताए ।

सम्बन्धित खबर
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु