पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिकामा मंगलबार सञ्चालित निःशुल्क स्वास्थ्य शिविरबाट ३ सय ६७ जना लाभान्वित भएका छन् ।
माछापुच्छ्रे गाउँपालिका कार्यालयले आयोजना गरेको शिविरमा चिकित्सकीय सुविधा र औषधिको प्राविधिक सहयोग पोखरा नागढुंगा स्थित चरक मेमोरियल हस्पिटलले गरेको थियो ।
चरकले यसअघि गोरखा, म्याग्दी, बागलुङ लगायतका स्थानमा पनि पूर्ण सेवा सहितको प्राविधिक सहयोग गरिसकेको छ । प्रबन्ध निर्देशक कपिल पोखरेलले गाउँ गाउँमा यस्ता शिविर सञ्चालनलाई निरन्तरता दिने बताए ।
३६७ मध्ये भिडियो एक्सरे सेवा लिने १६५, मुटुको ईसिजी सेवा लिने १४५, स्त्री रोग सेवा लिने १२५ जना रहेका छन् । ६५ जनामा मुटुको रोग, स्त्री सम्बन्धी रोग लगायतका समस्या देखिएकाले उनीहरूको आगामी उपचार चरकले सहुलियत रुपमा गर्ने भएको छ ।
शिविरमा प्रजनन स्वास्थ्य समस्या सम्बन्धी, भीआइए परीक्षण, पाठेघरको भिडियो एक्सरे, पाठेघर तथा स्तन क्यान्सर सहित स्त्री रोग सेवा, बालरोग सेवा, जनरल फिजिसियन सेवा प्रदान गरिएको थियो ।

चरक हस्पिटलका चिकित्सकहरु डा. सरोज पोखरेल (वरिष्ठ फिजिसियन), डा. एस.के. जायसवाल (वरिष्ठ मुटुरोग विशेषज्ञ), डा. ओमकुमार श्रेष्ठ (रेडियोलोजिस्ट), डा. जुकल श्रेष्ठ (एमड, जीपी, डीएम ईमर्जेनसी मेडिसिन), डा. सुस्मित अधिकारी र डा. सुमिता गुरुङ (मेडिकल अफिसर) ले शिविरमा जाँच गरेको हस्पिटलका पिआरओ सोबित सुवेदीले जानकारी दिए ।

माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष मिन बहादुर गुरुङले चरकले ईसिजी, भिडियो एक्सरे सुविधासहित प्राविधिक सहयोग प्रदान गर्दा गाउँबासीको स्वास्थ्य जाँचमा निकै फाइदा पुगेको बताए । उनले यो शिविरलाई निरन्तरता दिने बताए ।
स्वास्थ्य चौकीका अध्यक्ष मधुसुदन अधिकारी, हेल्थ कोओर्डिनेटर डिल्लीराम दाहाल लगायतले कार्यक्रममा बोलेका थिए ।


सम्बन्धित समाचारः
चरकको सहयोगमा दमेक रेडक्रसको स्वास्थ्य शिविर
चरक अस्पतालको सहयोगमा म्याग्दीमा निःशुल्क स्वास्थ्य शिविर
६५० जना लाभान्वित
चरकको प्राविधिक सहयोगमा गाेरखामा निःशुल्क स्वास्थ्य शिविर
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ