पोखरा महानगरपालिका वडा नं. १८ स्थित भावना सामुदायिक कृषि सहकारीले आफ्ना शेयर सदस्यहरुका लागि कफी खेतीबारे तालिम दिएको छ ।
तालिममा ४० जना सेयर सदस्यहरुको सक्रिय सहभागिता रहेको थियो । राष्ट्रिय चिया तथा कफी विकास बोर्ड कास्कीका प्राविधिक नगेन्द्र सुवेदीले प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए ।
तालिमको समापन गर्दै वडा नं. १८ का अध्यक्ष शिवप्रसाद तिमिल्सिनाले तालिम प्राप्तिपछि कफी बनाउन सक्षम भएको विश्वास व्यक्त गर्दै आयआर्जनसँग सम्बन्धित तालिमहरु सञ्चालन गर्ने बताए ।
कृषिबाट नै आर्थिक रुपान्तरण सम्भव रहेको भन्दै वडाध्यक्ष तिमिल्सिनाले थोरै लगानीमा धेरै उत्पादन लिन सकिने कफी खेतीलाई पर्यटकीय स्थल सराङकोटको ब्राण्ड बनाउनुपर्ने बताए ।
भावना सहकारीका अध्यक्ष बलराम कोइरालाले तालिममा सिकेको सीपलाई निरन्तरता दिन आग्रह गर्दै अरुलाई पनि सिकाउन अनुरोध गरे । उनले सबैभन्दा धेरै कृषि कर्ममा लागेको भावना सहकारी नै भएको दाबी गरे । सराङकोटमा बाँदरले दुःख दिने भएपनि कफी खेतीमा बाँदरले असर नगर्ने भएकाले उपयुक्त खेती भएको बताए ।
यस्तै, तालिमका संयोजक तथा सहकारीका कृषि उपसमिति संयोजक तिलक खड्काले तालिमबाट किसान स्वयम् सक्षम हुनुका साथै किसान आर्थिक उपार्जनमा पनि महत्वपुर्ण भुमिका खेल्ने विश्वास व्यक्त गरे ।
प्रशिक्षार्थीहरुको तर्फबाट बोल्दै अर्जुन थापाले तालिम उपयोगी भएको बताउँदै सिकेको सीपलाई व्यवहारमा लागु गर्ने प्रतिवद्धता व्यक्त गरे ।
वडा सदस्य कल्पना कार्की ढकाल, राष्ट्रिय चिया तथा कफी विकास बोर्ड क्षेत्रीय कार्यालय कास्कीका निर्देशक पवित्रा अधिकारी, दिपक थापा लगायतले मन्तव्य राखेको कार्यक्रम सञ्चालन सहकारीका सचिव मिनबहादुर थापाले गरेका थिए।
सम्बन्धित खबर
स्याङ्जामा आर्थिक गणनाको आधार तयार, नयाँ कार्यालयबाट तथ्यांक संकलन सुरु
ग्रामीण सडकमा ट्राफिक सचेतना अभियान सुरु, दुर्घटना घटाउने लक्ष्य
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, विशेषज्ञ सेवा एकै ठाउँमा
गण्डकी प्रदेश सभाको अधिवेशन चैत ८ गते आह्वान
६ वर्षको सजाय बाँकी रहेका फरार कसूरदार पक्राउ
भीरकोटमा बालमैत्री दिवस : उत्कृष्ट शिक्षक र विद्यार्थी सम्मानित
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह