युवा नेतृत्वमा उदाहरणीय काम हुँदै आइरहेको पोखरा वडा नं. १३ ले युवा रोजगारीका लागि आगामी शुक्रबार जब फेयर कार्यक्रम हुँदैछ ।
लायन्स र लियो क्लब पोखरा कन्टेनियलको सहकार्यमा हुने फेयर वडा कार्यालय प्रांगणमा बिहान ९ बजेदेखि साँझ ४ बजेसम्म हुनेछ ।
वडामा भएका बेरोजगार युवायुवतीलाई लक्षित गरी उक्त कार्यक्रम राखिएको वडाध्यक्ष किरण बरालले जानकारी गराए । जब फेयरमा विभिन्न १२ वटा स्टलबाट रोजगारी सिर्जना गर्ने गरी प्रशिक्षण गराइनेछ ।
वडामा भएका कोहि पनि युवा अब बेरोजगार बस्न नपर्ने वातावरण सिर्जना गर्ने उद्देश्य स्वरुप उक्त कार्यक्रम गर्न लागिएको उनले बताए । ‘अहिलेको सबै भन्दा प्रमुख समस्या भनेकै रोजगारी सिर्जना हो । वडामा भएका बेरोजगार युवायुवतीलाई रोजगार दिलाउने गरी वडाले जब फेयर कार्यक्रमको अवधारणा अगाडि सारेको हो ।’ वडाध्यक्ष बरालले भने ।
जब फेयर मार्फत् वडाका बेरोजगार युवाहरुले रोजगार पाउनेमा वडाध्यक्ष बराल आशावादी देखिन्छन् । वडाका नागरिकको आयस्तर सुधार्न पनि जब फेयर कार्यक्रम सहयोग बन्ने उनले बताए । भौतिक विकास सँगै आर्थिक विकासमा समेत सुधार ल्याउने ध्येय बमोजिम जब फेयर कार्यक्रम राखिएको बरालको भनाई छ ।
जब फेयर कार्यक्रममा उपस्थित भएर लाभ लिन वडाबासीलाई आग्रह गरिएको छ । वडाध्यक्ष बरालका अनुसार उक्त फेयरमा उत्पादन देखि प्रविधिमैत्री विषयमा जानकारी मिल्नेछ ।

वडाले यसअघि पनि फरक ढङ्गको कार्यक्रम गर्दै आएको छ । प्रविधिमैत्री वातावरणलाई आत्मसात् गर्दै शिक्षा, स्वास्थ्य, रोजगारी र भौतिक विकासमा वडाको क्रियाशिलता लोभलाग्दो छ ।
सम्बन्धित खबर
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
स्याङ्जामा बाघको आक्रमणबाट १० वटा बाख्रा मरे
१५ वर्षपछि दामाचौर–रामपुर जोड्ने ट्रस पुल निर्माण सम्पन्न
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो