पोखरा महानगरपालिका वडा नं. १२ को आयोजना तथा विधाता हस्तकला तथा प्राविधिक तालिम केन्द्रको सहकार्यमा महिलाहरूका लागि एक महिने हस्तकला तालिम सुरु गरिएको छ ।
हस्तकला तालिमको उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नं. १२ का वडा अध्यक्ष सन्तोष बास्तोलाले महिला दिदीबहिनीलाई सिप सिक्ने अवसरका निम्ति वडा कार्यालयले गरेको लगानी बालुवामा हालेको पानी जस्तो खेर नजाओस् भन्ने आग्रह गर्दै दत्तचित्त भई नियमित हाजिरी गरी सिप सिक्न आग्रह गरे ।
विधाता हस्तकला तथा प्राविधिक तालिम केन्द्रकी सञ्चालक तथा मुख्य प्रशिक्षक सविता श्रेष्ठले यसै बितेर जाने समयमा सिप सिकेर आत्मनिर्भर हुने, आयआर्जन गर्ने, स्वरोजगार हुने मौकालाई सदुपयोग गरेर उद्यमशील बन्ने बाटो समाउनु नै सिप हस्तान्तरणको मर्म भएको बताइन् ।
क्षतामा आधारित तालिम लिएपछि स्वरोजगार भइ उत्पादन गरेका हस्तकलाका सामग्रीको बजारीकरण गर्ने जिम्मा विधाताले लिने प्रतिवद्धता व्यक्त गरिन् ।
वडा सदस्य गोविन्दबहादुर सिग्देल, शान्तबहादुर थापा, वडा सचिव महेश्वर अर्याल, लेखा संयोजक विवेचन घिमिरे लगायतका वक्ताले प्रशिक्षार्थीलाई लगनशील भई तालिममा सहभागिता जनाउन शुभकामना दिएका थिए ।
वडा सदस्य एवम् तालिम संयोजक शान्ति कोइरालाको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा वडा सदस्य गुमा परियारले स्वागत मन्तव्य राखेकी थिइन् ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
स्याङ्जामा चिप्लिएर नहरमा खसेका वृद्धको मृत्यु
माइक्रो बस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन