पोखरा । रूपा गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष राजन सुवेदीले चेतनामूलक समाज निर्माण गर्न सचेत नागरिक उत्पादनमा जोड दिनुपर्ने बताएका छन् ।
‘चेतनामूलक समाज निर्माणका लागि अध्यनन संस्कृतिको विकास गरौँ’ भन्ने मूल उद्घोषका साथ रामलक्ष्मी सामुदायिक परोपकार पुस्तकालय, रूपा ५, फेदीले आयोजना गरेको स्व. श्यामलाल श्रेष्ठ स्मृति अन्तर आमा समूह हाजिरी जवाफ प्रतियोगितामा प्रमुख अतिथि सुवेदीले सो कुरा बताएका हुन् ।
‘सुसंस्कृत र सभ्य समाज निर्माण गर्नु आजको समाजमा ठुलो चुनौती छ’ अध्यक्ष सुवेदीले भने, ‘राज्यले नै यसका लागि विशेष पहल गर्नुपर्दछ ।’
फरक प्रसङ्गमा उनले रूपा ५ का सयलदेखि डोटेलकुना फेदीसम्मका जनताका अपेक्षा र मर्का आफूले बुझेको भन्दै जनताको विकासका लागि सधैँ लागिपर्ने प्रतिबद्धता व्यक्त गरे । उनले गण्डकी प्रदेशका विभिन्न मन्त्रालयसँग अनुरोध गरेर स्थानीय विकासका लागि पहल गर्ने प्रतिबद्धता जनाए ।
हाजिरी जवाफ प्रतियोगितामा कालिका एकता आमा समूह प्रथम, दोभान आमा समूह द्वितीय, फेदी नेवाः खल मिसा पुचः तृतीय र प्रगतिशील ब्राह्मण समाजले सान्त्वना स्थान हाँसिल गरेका थिए ।
विजेता समूहलाई टोल विकास संस्थाका अध्यक्ष शान्तकुमार श्रेष्ठ र प्रमुख अतिथि सुवेदीले पुरस्कार वितरण गरेका थिए ।
कार्यक्रममा उल्लेखनीय योगदान गरेको भन्दै रूपाका उदीयमान युवा नेता एवम् स्व. श्यामलाल श्रेष्ठका नाति सुजन श्रेष्ठलाई सम्मान गरिएको थियो । संस्थाका अध्यक्ष गोपीलाल जोशीको अध्यक्षयतामा भएको कार्यक्रममा स्वागत मन्तव्य प्रगतिशील घिमिरेले गरेका थिए । कार्यक्रमको सञ्चालन सम्झना जोशीले गरेकी थिइन् ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
स्याङ्जामा चिप्लिएर नहरमा खसेका वृद्धको मृत्यु
माइक्रो बस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन