स्याङ्जाको पुतलीबजार नगरपालिकामा सञ्चालित देवीस्थान कप फाइभ ए साइड फुटसलको उपाधि प्रगति एसोसिएसनले जितेको छ ।
बुधबारदेखि सुरु भएको उक्त फुटसल प्रतियोगितामा देवीस्थान क्लबलाई २-० गोलले पराजित गर्दै उपाधि प्रगति एसोसिएसनले जितेको हो ।
विजेता प्रगति एसोसिएसनले ४० हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पायो भने उपविजेता देवीस्थान क्लबले २० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार स्वरुप पाएको थियो ।
`स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद´ भन्ने मुल नारासहित स्याङ्जाको देवीस्थान युवा क्लबले पुतलीबजार नगरपालिका-२ देवीस्थान खेलमैदानमा देवीस्थान कप फाइभ ए साइड फुटसल प्रतियोगिता आयोजना गरिएको क्लबका अध्यक्ष नरेश गुरुङले जानकारी दिए ।
प्रतियोगितामा इमर्जिङ खेलाडी बनेका राहुल थापा, बेस्ट प्लेयर कृष्ण राना, बेस्ट गोलकिपर हिमाल गुरुङ र सर्वाधिक गोलकर्ता योगराज गुरुङलाई प्रमाणपत्र र मेडलले पुरस्कृत गरिएको खेल संयोजक सोनु गुरुङले जानकारी दिए ।
प्रतियोगिताको समापनमा मनकामना आँखा उपचार केन्द्र, स्याङ्जाले नि:शुल्क आँखा शिविर र स्याङ्जा पश्चिमाञ्चल डेन्टल केयर सेन्टर, स्याङ्जाले नि:शुल्क दन्त शिविर संचालन गरी सहयोग गरेको आयोजक क्लबले बताएको छ ।
सम्बन्धित खबर
चार वर्षमै अर्जुनचौपारीको शिक्षा क्षेत्रमा ठूलो फड्को
स्याङ्जामा बालबालिकालाई सारङ्गी सिकाइँदै, जोगाइँदै मौलिक संस्कृति
भरुवा बन्दुकसहित एक वृद्ध पक्राउ
गण्डकी प्रदेश प्रमुख भट्टसमक्ष मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेस
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
आलु महोत्सव सकियाे, ५ करोडको कारोबार
यो पनि पढौँ
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?