र्‍याप ब्याटल नेपाल: पोखरा अडिसनबाट ३८ जना छनोट

र्‍याप ब्याटल

र्‍याप ब्याटल नेपाल: पोखरा अडिसनबाट ३८ जना छनोट

१६७ जना सहभागी

rap battle (1)

टेलिभिजन रियालिटी शो ‘र्‍याप ब्याटल नेपाल’को पोखरा अडिसन शनिबार सम्पन्न भएको छ । उक्त अडिसन पोखराको क्लब सिक्सटिनमा भएको हो ।

पोखरा अडिसन प्रचार नेपालले व्यवस्थापन गरेको छ। पोखरा अडिसनमा १६७ जना सहभागिता जनाएका थिए भने जसबाट ३८ जना अर्को चरणका लागि छनोटमा परेको प्रचार नेपालका निर्देशक आशिष पुरीले जानकारी दिए। पोखरामा धेरै पछि र्‍याप सम्बन्धी अडिसन भएकाले पनि सहभागी उत्साही रहेको पाइएको छ ।

पोखरा अडिसनमा र्‍याप्पर निरज मल्ल ठकुरी (टुकी), बिजेन थापाकाजी, राजन केसी, संगीत टिचर दिमी निर्णायकको रुपमा थिए। गायक, संगीतकार तथा र्‍यापर विनोद ढकालसमेत निर्णायक रहने उक्त अडिसन पोखरा हुँदै अन्त्यमा काठमाडौंमा हुनेछ।

यो साे एपी वान टेलिभिजनमार्फत अप्रिलबाट प्रसारणमा आउनेछ।

नेपाली सांगीतिक फाँटदेखि बलिउडका संगीतकर्मी शोमा निर्णायक रहने शोका निर्देशक सानु खानले जानकारी दिए। इभेन्ट निर्देशक डेभिलसिंह राजपूतले युवासहित सबै किसिमका दर्शकलाई सांगीतिक माहोलमाझ रम्ने वातावरण शोले दिने बताए।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ