तनहुँ । डुम्रे सास्कृतिक युवा परिवारको २४ औं साधरण सभा तथा १२ औं अधिवेशन आँबुखैरेनी गाउँपालिकाको अकला मन्दिरमा शनिबार सम्पन्न भएको छ । अधिवेशनको बन्दीपुर गाउँपालिकाको अध्यक्ष पूर्णसिंह थापाले उद्घाटन गरेका थिए । सो अवसरमा अध्यक्ष थापाले जिल्लाको अग्रणी सस्थामा रहेको यस सस्थाले गर्ने सामाजिक कार्यको लागि गाउँपालिकाले सहयोग गर्ने बताए ।

साथै अध्यक्ष थापाले यस सस्थामा आबद्ध युवाहरुले व्यापारिक केन्द्र रहेको डुम्रे बजारलाई व्यवस्थित बनाउने कार्यमा अग्रसर हुनु पर्ने बताए । कार्यक्रम परिवारका अध्यक्ष राजकुमार श्रेष्ठको अध्यक्षतामा भएको थियो । सो अवसरमा हरिहर महिला समुहकी अध्यक्ष सरिता पिया, परिवार पूर्वअध्यक्ष राजेन्द्र पिया, कोषाध्यक्ष कैलाश श्रेष्ठ, तनहुँ उद्योग वाणिज्य संघका डुम्रे बजार इकाईका पूर्व सचिव राजु खड्गी लगायतले क्लबले डुम्रे वजारलाई व्यवस्थित सुन्दर बनाउन सबै जना एक जुट भएर लाग्नु पर्नेमा जोड दिएका थिए ।

अधिवेशनको अवसरमा क्लबलाई मद्धत पुर्याउने क्लबका पूर्व अध्यक्ष तथा सल्लाहकारहरु शिवकाजी पिया, सुवोध अधिकारी, राजेन्द्र पिया, राजेश पिया, सुनिल श्रेष्ठ, विकासकुमार श्रेष्ठ, विशाल श्रेष्ठ, दिपक श्रेष्ठ, मनोज कायस्थ, सुजन श्रेष्ठ, घनश्याम श्रेष्ठ, मानकाजी श्रेष्ठ, रामचन्द्र अधिकारी, राम पिया, ओमकुमार श्रेष्ठ लगायतलाई सम्मान गरिएको थियो ।
यसैबीच दिनेश प्रधानको अध्यक्षमा सर्वसम्मत नयाँ कार्य समिति चयन गरेको छ । नव गठित परिवारको उपाध्यक्षमा कैलाश श्रेष्ठ सचिवमा बिक्की गुरुङ, कोषाध्यक्षमा दिक्पाल श्रेष्ठ, सहसचिवमा सुरज श्रेष्ठ चयन भएका छन ।

त्यस्तै सदस्यहरुमा शिवकुमार श्रेष्ठ (एसकेएस), राजकुमार श्रेष्ठ, इश्वर नेपाल, सुमन पिया, कृष्णबहादुर गुरुङ, केशवबहादुर थापा, रविन्द्र श्रेष्ठ, सरोज श्रेष्ठ, मिलन भुजेल र निरा श्रेष्ठ रहेका छन । फोटो : हाम्रो डुम्रे डट कम
सम्बन्धित खबर
तनहुँको छिर्कनेमा हाईस दुर्घटना, ८ जना घाइते
तनहुँ गाछेपानीमा ओभर स्पीड भ्यानले डिभाइडर नाघेर स्कूटरलाई ठक्कर दिँदा दुईको मृत्यु
तनहुँमा टिप्परको ठक्करबाट मोटरसाइकल चालक रूपाका धर्मराजको मृत्यु
त्रिशूली नदीमा पौडी खेल्नेक्रममा एक बालक बेपत्ता, एकको सकुशल उद्धार
पोखरा-बन्दीपुरबीच पर्यटकीय साझेदारी
डुम्रेमा भएको दुर्घटनामा २१ जना घाइते, दुईको अवस्था गम्भीर
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प, बिरामी मर्कामा
सपनामा पनि मलाई संघीयता विरोधी नसोच्नुस्, हिन्दूराष्ट्र र राजतन्त्रको पक्षमा म छैन: बालेन