कालीगण्डकी नदीमा पानीको बहाब बढे संगै मुस्ताङको कागबेनीमा अवस्थित हिन्दुहरुको पितृ तर्पण स्थलमा क्षति पुगेको छ ।
शुक्रबार बिहान देखिको निरन्तर वर्षा संगै नदीको बहाब बढेको हो । सोहि क्रममा काली गण्डकीले श्राद्धस्थलको एक भाग बगाएको कागबेनी धामका एक पुजारीले बताए ।
श्राद्धस्थलको बायाँ तर्फको पौवा बाँकी रहे पनि नदीको कटानका कारण तल पट्टीबाट खोतल्दै गएको र अब फेरी पनि
यस्तै बहाब बढ्दै जाने हो भने सो पनि बगाउन सक्ने उनको भनाइ छ ।
कागबेनी हिन्दुहरुको पवित्र धार्मिक स्थलमा पर्दछ । यहाँ वर्षेनी हजारौं तिर्थालु पितृ श्राद्ध गर्नको लागि आउने गर्छन् ।
काली गण्डकी नदीले केहि दिन अघि सोहि स्थानमा रहेको कागबेनी देखि तिरी जोड्ने पुल समेत बगाएको थियो ।
त्यस्तै गरी वारागुङ मुक्तिक्षेत्र गाउँपालिका वडा नं. ४ अन्तर्गत कै एक्लेभट्टी भन्ने स्थानका घरमा समेत बाढीले सामान्य क्षति पुर्याएको छ । त्यस्तै पाण्डाखोलाका कारण समेत घर भित्र बाढी पस्दा क्षति पुगेको छ ।
गाउँपालिकाका अध्यक्ष द्वारा अनुगमन
काली गण्डकी नदीले पुर्याएको क्षतिको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष फेन्चोक छेप्तेन गुरुङ,प्रमुख प्रशासकीय अधिकृत दिपक रेग्मी लगायतले शनिबार काली गण्डकी नदि तथा पाण्डाखोलाले पुर्याएको क्षतिको शनिबार अवलोकन गरेका छन् |
अवलोकन पश्चात अध्यक्षको निर्देशनमा नदीको बहाव परिवर्तनको लागि डोजर लगाउने तथा ग्याबिन जाली भर्ने काम सुरु भईसकेको छ |
यो पनि पढ्नुहोस :-
मुस्ताङको कागबेनी देखि तीरी जोड्ने पुल बगायो
सम्बन्धित खबर
कोरोला नाकामा पहिलो पटक बत्ती बल्यो
कागबेनीमा कलेज बस दुर्घटना, २१ जना घाइते
मुस्ताङमा लेक लागेर ३ वर्षमा २९ जनाको मृत्यु
कोरला नाका १५ दिन बन्द हुने
पोखराकी महिलालाई पक्राउ गरी मुस्ताङ लगियो
१७ वर्षका स्वामी भारतबाट पैदलै जोमसोम !
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग