पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरास्थित बिन्दवासिनी बचत तथा ऋण सहकारी संस्थाका बचतकर्तालाई सञ्चालकबिरुद्ध उजुरी दिन आग्रह गरेको छ ।
प्रहरीले मंगलबार सूचना प्रकाशित गरी फागुन ३० गतेभित्र उजुरी दिन आग्रह गरेको हो ।
सहकारीमा रकम जम्मा गरेको भरपर्दो आधार पासबुक, भौचर, स्टेटमेन्ट, मुद्धत प्रमाणपत्रको साथमा परिचय खुल्ने नागरिकता प्रमाणपत्रको प्रतिलिपिसहित जिल्ला प्रहरी कार्यालय कास्कीमा उपस्थित भएर उजुरी दिन प्रहरीले आग्रह गरेको छ ।
पोखरा-९ न्यूरोडस्थित सहकारीको अध्यक्षसहित पदाधिकारीले बचतकर्ताको रकम अपचलन गरेको भन्दै सहकारी राजिष्टारको कार्यालय पोखराले प्रहरीमा निवेदन दिएपछि अनुसन्धान प्रक्रिया अघि बढाएको प्रहरीले जनाएको छ ।
विन्दवासिनी सहकारीको सात करोडभन्दा बढी रकम घोटला भएको छ ।
यस प्रकरणमा जोडिएका सहकारी अध्यक्ष सुवर्णमान नकर्मी, ऋण संयोजक कृष्णमान श्रेष्ठ र मेडिकल व्यवसायी सन्दिप पौडेललाई पक्राउ गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
साथै, संस्थाका सचिव एवं स्टेसनरी व्यवसायी गंगाधर सुवेदी लगायत फरार रहेकाले पक्राउ पुर्जी जारी गर्ने प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।
सम्बन्धित खबर
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु