पोखरा । गण्डकी प्रदेश सरकारले १६ महिलालाई ५० हजारका दरले पुरस्कार दिएको छ । सामाजिक विकास मन्त्रालयले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको दिन पारेर विभिन्न क्षेत्रमा उत्कृष्ट काम गरेका महिलाहरुलाई सम्मान गरेको हो ।
पत्रकारहरु दुर्गा अधिकारी, राधिका कँडेल र प्रतीक्षा काफ्ले सम्मानित भए ।



हिमाल आरोही दिकी ल्हमु लामा, नानुमाया गुरुङ, पर्यटन व्यवसायी कमला गिरी, उद्यमीहरु हिरा भट्टराई, कान्छी गुरुङ र चन्द्रकला राना सम्मानित भएका छन् ।
यस्तै, सामाजिक अभियन्ता कमला पराजुली, विनाकुमारी सिलवाल, साहसिक पर्यटनतर्फ फुन्जो झाङ्मु लामा, पूर्णिमा श्रेष्ठ र मनु गुरुङ, खेलकुदबाट रेखमाया गुरुङ, भाषा संस्कृतिबाट तारामाया थापालाई सम्मान गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
सहकारी तर्फ ७ वटा सहकारी सम्मानित भएका छन् । गोरखाको सृजनशील महिला बचत तथा ऋण सहकारी संस्था, मुस्ताङको पुथाङ आमा बहुमुखी सहकारी, म्याग्दीको सृजना महिला विकास बहुउद्देश्यीय सहकारी, लमजुङको मार्गदर्शन महिला सहकारी, स्याङजाको प्रगति महिला सहकारी, बागलुङको कालिका सहकारी तथा नवलपुरको नवज्योति महिला सहकारी सम्मानित भएका हुन् । प्रत्येक सहकारीलाई ७५ हजारका दरले रकम उपलब्ध गराइएको मन्त्रालयका सचिव प्रकाश पौडेलले जानकारी दिए ।
उनीहरुलाई गण्डकीका नीति तथा योजना आयोगका सदस्य डा. सुवास अधिकारीले नगद र प्रमाणपत्रले सम्मान गरेका हुन् ।
सम्बन्धित खबर
अपिहिमाल र अर्जुनचौपारीबीच विकास साझेदारी : पाँच वर्षीय भगिनी सम्बन्ध सम्झौता
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
सडक खाना महोत्सवका अवसरमा वालिङमा सार्वजनिक बिदा
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’