अनेरास्ववियु, पुतलीबजार नगरपालिका कमिटि, स्याङ्जाको प्रथम नगर अधिवेशन सम्पन्न गरेको छ ।
“सम्पूर्ण देशभक्त, प्रगतिशील र जनवादी विद्यार्थीहरु एकजुट होऔं” भन्ने मूल नाराका साथ सम्पन्न अधिवेशनले राजेश विश्वकर्माको अध्यक्षतामा २१ सदस्यीय नगर कमिटि गठन गरेको छ ।
उपाध्यक्षमा मनोज नेपाली र सानिया काफ्ले, सचिवमा सिमा सुनाम, सह-सचिवमा प्रमिला नेपाली, समीर घिमिरे र मनोज नेपाली, कोषाध्यक्षमा अञ्जली क्षेत्री र समुन्द्र शर्मा लगायतका २१ सदस्य निर्वाचित भएको अनेरास्ववियु पुतलीबजार नगर इञ्चार्ज विपना सुनामले जानकारी दिइन् ।
स्याङ्जा क्षेत्र नम्बर १ का निवर्तमान प्रतिनिधिसभा सदस्य नारायण प्रसाद मरासिनीको प्रमुख आतिथ्यतामा भएको अधिवेशनमा अनेरास्ववियुका केन्द्रीय सदस्य एवं जिल्ला इञ्चार्ज सगुन राना, केन्द्रिय अनुशासन आयोग सदस्य नवीन पौडेल, स्याङ्जा जिल्ला अध्यक्ष कृष्ण जि.सीका साथै नेकपा एमाले प्रदेश सदस्य राम बहादुर थापा, अनेरास्ववियु जिल्ला कमिटी स्याङ्जाका विभिन्न पदाधिकारी, विभिन्न विद्यालयहरुबाट प्रतिनिधि गर्दै आएका विद्यार्थी लगायतका करिब ५० जना उपस्थित थिए ।
सम्बन्धित खबर
अपिहिमाल र अर्जुनचौपारीबीच विकास साझेदारी : पाँच वर्षीय भगिनी सम्बन्ध सम्झौता
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
सडक खाना महोत्सवका अवसरमा वालिङमा सार्वजनिक बिदा
११ वर्षीया बालिकालाई करणी गरेका फरार अभियुक्त पक्राउ
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’