स्काउट गण्डकी प्रदेश परिषदको सपथ ग्रहण सम्पन्न

स्काउट गण्डकी प्रदेश परिषदको सपथ ग्रहण सम्पन्न

IMG-20240309-WA0004

पोखरा । नेपाल स्काउट गण्डकी प्रदेश परिषद को प्रथम बैठक सम्पन्न भएको छ। गत माघ २७ गते भएको प्रदेश परिषदको निर्वाचनमा गण्डकी प्रदेशबाट २२ जना स्काउटर बिजयी भएका थिए। नेपाल स्काउट रास्टृय कार्यकारी समिती सदस्य आशिर्वाद सुबेदिले निर्वाचितहरु लाई सपथ ग्रहण गराएका थिए।

सोही अवसरमा नव नियुक्त प्रदेश आयुक्त सागर पौडेलले पदभार ग्रहण गरेका छन् । प्रदेश परिषदमा निर्वाचितहरु मध्यबाट निबर्तमान सामाजिक बिकास तथा स्वास्थ्य मन्त्री सुसिला सिम्खडाले यहि फाल्गुन ६ गते नेपाल स्काउटको नियमावली ले गरेको ब्यवस्था बमोजिम प्रदेश आयुक्तको जिम्मेवारी प्रदान गरेका थिए ।

पदभार ग्रहण गरे सँगै प्रदेश आयुक्त पौडेलले गण्डकी प्रदेशमा स्काउटिङ अभियान लाई सशक्त रुपमा सञ्चालन गरिने र आगामी दिनहरुमा व्यापक रुपमा स्काउट तालिमको आयोजना सँगै बालबालिका लक्षित कार्यक्रमहरु सन्चालन गरिने बताए। बैठकमा नेपाल स्काउटका राष्ट्रिय परिषद सदस्य शिव बहादुर भण्डारी, पूर्व रास्टृय तालिम आयुक्त नारायण प्रसाद पराजुली, पूर्व अन्तराष्ट्रिय आयुक्त शारदा पराजुली लगायतको उपस्थिति रहेको थियो।

स्काउट गण्डकी प्रदेश परिषद सदस्य अनिता राई, एलिसा बि।क,सुनिता लो, सरिता ढकाल, सकुन्तला सोती पौडेल, शर्मिला धमला, सोनु यराल, मना गुरुङ, लेकमाया पुन, अनिता पौडेल, अनुशा श्रेष्ठ, महेन्द्र उपाध्याय, ईश्वर सुवेदी, हरिराम अधिकारी, मात्रिका प्रसाद आचार्य, गंगाधर बराल, साजन सुवेदी, अर्जुन नेपाली, बिनय पराजुली, भिम प्रसाद सुवेदी, अरुण कुमार शर्मा काफ्‌ले लगाएतले सपथ खाएका थिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ