पोखरा, २६ साउन । लायन्स क्लब अफ पोखरा कालिका भ्यु टाउनले शनिबार वृक्षरोपण कार्यक्रम गरेको छ । पोखरा महानगरपालिका वडा नम्बर २८ को शान्ति मैदानदेखि ठूलाकोटसम्म निर्माण गरिएको फुटट्र्याकको दायाँबायाँ वृक्षरोपरण गरिएको हो ।
लायन्स क्लब इन्टरनेसनल ३२५ बीवानका सिनियर एओजी सुचित्रा थापाले बिरुवा रोपेर सुरु गरेको कार्यक्रममा जोन चियर पर्सन डोलबहादुर थापा, पोखरा २८ का वडाध्यक्ष निर्मल दियाली सुनार, क्लबका पदाधिकारी, सदस्यले बिरुवा रोपेको पब्लिक रिलेसन अफिसर दिनेशबाबु खड्काले जानकारी दिए ।
कार्यक्रममा धुपी, तेजपत्ता, कपुर, चाँप र विभिन्न फूलका बिरुवा गरी १ सय ५० वटा रोपिएको कार्यक्रम संयोजक खगेन्द्र भण्डारीले जानकरी दिए । बिरुवा जिल्ला वन कार्यालय कास्कीले उपलब्ध गराएको थियो ।
लायन्स क्लब अफ पोखरा कालिका भ्यु टाउनका अध्यक्ष नारायणप्रसाद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा सिनियर एओजी सुचित्रा थापा, जोन चियर पर्सन डोलबहादुर थापाले एतिहासिक ठूलाकोटलाई पर्यटकीय गन्तव्य बनाउन लायन्सले सहयोग गर्ने बताएका थिए ।
वडाध्यक्ष निर्मलदियाली सुनारले कालिकालाई पर्यटकीय गन्तव्य बनाउन वडा लागि परेको बताए । क्लबले प्रत्येक महिना एउटा सामाजिक कार्य गर्ने तालिका बनाएको छ । वृक्षरोपण कार्यक्रमको सञ्चालन क्लबका सचिव शुक्रराज अधिकारीले गरेका थिए ।
सम्बन्धित खबर
अयरपानी होमस्टेमा पर्यटकको चहलपहल बढ्दै
नेपाल टेलिकमद्वारा बाग्लुङमा विद्यार्थीलाई स्कुल ब्याग वितरण तथा FTTH सेवा शुभारम्भ
स्याङ्जामा करेन्ट सर्टबाट दुई ठाउँमा आगलागी
पुस्तकालय व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न
पुतलीबजार राष्ट्रपति रनिङ शिल्डको उपाधि रोशनी माविलाई
पुतलीबजारका करिब एक हजारलाई कुखुराका चल्ला वितरण
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ