पोखरा । नेपाल त्रिकोणात्मक हङकङ टी–२० क्रिकेट शृङ्खलाको फाइनलमा प्रवेश गरेको छ ।
मंगलबार पपुवा न्युगिनी पीएनजीलाई ८५ रनले हराउँदै नेपाल सिरिजको फाइनल प्रवेश गरेको हो ।
हङकङको टिन कोङ मैदानमा नेपालले दिएको १ सय ९९ रनको लक्ष्य पछ्याएको पीएनजी १६ ओभर १ बलमा १ सय १३ रन बनाउँदा अलआउट भयो ।
पीएनजीका हिरी हिरीले सर्वाधिक २८ रन बनाए । यस्तै, टोनी उराले १३ र सेसे बाउले २१ रन बनाए । बलिङतर्फ नेपालका कुशल भुर्तेलले चार, प्रतिश जिसीले दुई तथा आकास चन्द र गुल्शन झाले एक एक विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १ सय ९८ रन बनायो । नेपालका सन्दिप जोराले ५६ रन बनाए । यस्तै, कुशल भुर्तेलले ५९ रन बनाए भने विवेक यादवले ४ बलमा १९ रन बनाए ।
त्यस्तै गुल्सन झा १५ रनमा नटआउट रहे । कप्तान रोहित पौडेल एक, विनोद भण्डारी २७, आरिफ शेख ४ र लोकेश बम १४ रनमा आउट भए । पीएनजीका असद भालाले २ विकेट लिए ।
पीएनजीले आजै हङकङसँग खेल्नेछ । यो खेलको विजेता फाइनलमा पुग्नेछ । फाइनल खेल भोलि हुनेछ । तालिकामा तेस्रो हुने टोलीले हङकङ ‘ए’ सँग टी–२० खेल्नेछ ।
सम्बन्धित खबर
‘सिंहदरबार, नेताको घर र पार्टी कार्यालयको फोहोर उठ्दैन’: बालेन
रविसँग जुहारी चलिरहँदा गगनको बचाउमा उत्रिइन् रामकुमारी
गायक भिम चापागाइको ‘खेतैभरी आलु’ बजारमा
‘सरकार परिवर्तनको प्रयास माकुराको जालो जसरी च्यातियो’- विष्णु पौडेल
प्रचण्डलाई कांग्रेसको जवाफ- मूल्य कसले चुकाउनुपर्छ, हेर्दै जाउँला
कांग्रेसप्रति प्रधानमन्त्री प्रचण्डको आक्रोश : तपाईंहरुको गतिविधि कलंकका रुपमा स्थापित हुनेछ
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग