पोखरा । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित एक जना महिला पक्राउ परेकी छन्।
सोमबार दिउँसो प्युठान ऐरावती गाउँपालिका वडा नम्बर ६ घर भएकी २८ वर्षीया संगिता परियारलाई प्रहरीले पक्राउ गरेको हो।
उनीबाट करिब २ सय १० ग्राम सुन बरामद भएको प्रहरीले जनाएको छ।
फ्लाई दुबईको उडानमार्फत दुवईबाट काठमाडौं आएकी उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटमा जाँच गर्ने क्रममा पक्राउ गरिएको थियो।
भन्सार छलेर सुन भित्र्याउन लागेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो।
उनीबाट एउटा सिक्री, एउटा ब्रासलेट, ३ वटा औंठी, एउटा रानीहार, एउटा मिनिहार, दुई वटा मंगलसुत्र, कानमा लगाउने दुई जोर झुम्का र एउटा अर्को औंठी बरामद गरेको हो।
उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि भन्सार कार्यालय गौचरमा बुझाउने प्रहरीले जनाएको छ।
सम्बन्धित खबर
पौडी खेल्दा बबईमा डुबेर दाजुभाइको मृत्यु
आज देशभरको मौसम कस्तो रहन्छ?
शिक्षकको तलब मासिक रूपमा दिने सरकारको घोषणा
इतिहासकार ज्ञानमणि नेपालको निधन
१७ दिनकी सुत्केरीको हत्या, श्रीमान् पनि मृत फेला
गणतन्त्र दिवस मौलिक रूपमा मनाउन प्रधानमन्त्रीको निर्देशन
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग