लेखनाथ । पोखरा महानगरपालिका वडा नं २७ का लामिछाने परिवारले आफ्नी आमा पार्वती लामिछानेको स्मृतिमा लेखनाथ पत्रकार मञ्चले सञ्चालन गर्नेगरी २७ हजार ८८ रुपैयाँको अक्षयकोष स्थापना गरेका छन् ।
लामिछानेका छोराहरु वसन्त, चिरञ्जीवी, कुलप्रसाद र सूर्यमणि लामिछाने, छोरीहरु लक्ष्मी पौडेल, शान्ति पौडेल र तुलसी पौडेलले पत्रकारिता पुरस्कारका लागि अक्षयकोष रकम प्रदान गरेका हुन् ।
नेकपा एमाले पोखरा-२७ का अध्यक्षसमेत रहेका सूर्यमणि लामिछानेले आमाको सम्झनामा समाजमा देखिने गरी विभिन्न संघसंस्थालाई सहयोग गर्ने प्रेरणा मिलेको बताए ।
अक्षयकोष रकम परिवारकातर्फबाट नाति जनार्दन लामिछाने, नातिनी जयन्ती लामिछाने र गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री खगराज अधिकारीले मञ्चका अध्यक्ष कविराज खनाल र संस्थापक अध्यक्ष भीमपाणि बराललाई हस्तान्तरण गरे ।
यसअघि सहिद स्मृति आवासीय मावि पोखरा-१४ मा ५१ हजार रुपैयाँको अक्षयकोष राखिएकोमा थप २७ हजार ८८ रुपैयाँ प्रदान गरिएको थियो ।
उक्त रकम विद्यालय व्यवस्थापन समिति अध्यक्ष तेजकुमारी पौडेल र प्रधानाध्यापक कल्पना चिलवाललाई हस्तान्तरण गरिएको थियो ।
यसैगरी २०५४ सालको निर्वाचनमा ज्यान गुमाएका पोखरा-२६ स्थित कृष्ण भुजेल स्मृति प्रतिष्ठानका लागि ५१ हजार ८८ रुपैयाँ सहयोग प्रदान गरिएको छ । उक्त रकम प्रतिष्ठानका अध्यक्ष विष्णु बराललाई हस्तान्तरण गरिएको हो ।
यस्तै, पोखरा-२७ स्थित लक्ष्मी आदर्श युवा क्लब, राईजिङ स्टार युथ क्लब, लेखनाथ युवा क्लब, परमार्थ नगर क्लब, लेकसिटी युवा क्लब, जनएकता युवा क्लब, खराने युवा क्लब, सृजनशील युवा क्लब, वगादी युवा क्लब, धर्मशिला युवा क्लबललाई दुई/दुई थान डस्टबिन प्रदान गरिएको बताइन्छ ।
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ