लेखनाथ । पोखरा महानगरपालिका वडा नं २७ का लामिछाने परिवारले आफ्नी आमा पार्वती लामिछानेको स्मृतिमा लेखनाथ पत्रकार मञ्चले सञ्चालन गर्नेगरी २७ हजार ८८ रुपैयाँको अक्षयकोष स्थापना गरेका छन् ।
लामिछानेका छोराहरु वसन्त, चिरञ्जीवी, कुलप्रसाद र सूर्यमणि लामिछाने, छोरीहरु लक्ष्मी पौडेल, शान्ति पौडेल र तुलसी पौडेलले पत्रकारिता पुरस्कारका लागि अक्षयकोष रकम प्रदान गरेका हुन् ।
नेकपा एमाले पोखरा-२७ का अध्यक्षसमेत रहेका सूर्यमणि लामिछानेले आमाको सम्झनामा समाजमा देखिने गरी विभिन्न संघसंस्थालाई सहयोग गर्ने प्रेरणा मिलेको बताए ।
अक्षयकोष रकम परिवारकातर्फबाट नाति जनार्दन लामिछाने, नातिनी जयन्ती लामिछाने र गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री खगराज अधिकारीले मञ्चका अध्यक्ष कविराज खनाल र संस्थापक अध्यक्ष भीमपाणि बराललाई हस्तान्तरण गरे ।
यसअघि सहिद स्मृति आवासीय मावि पोखरा-१४ मा ५१ हजार रुपैयाँको अक्षयकोष राखिएकोमा थप २७ हजार ८८ रुपैयाँ प्रदान गरिएको थियो ।
उक्त रकम विद्यालय व्यवस्थापन समिति अध्यक्ष तेजकुमारी पौडेल र प्रधानाध्यापक कल्पना चिलवाललाई हस्तान्तरण गरिएको थियो ।
यसैगरी २०५४ सालको निर्वाचनमा ज्यान गुमाएका पोखरा-२६ स्थित कृष्ण भुजेल स्मृति प्रतिष्ठानका लागि ५१ हजार ८८ रुपैयाँ सहयोग प्रदान गरिएको छ । उक्त रकम प्रतिष्ठानका अध्यक्ष विष्णु बराललाई हस्तान्तरण गरिएको हो ।
यस्तै, पोखरा-२७ स्थित लक्ष्मी आदर्श युवा क्लब, राईजिङ स्टार युथ क्लब, लेखनाथ युवा क्लब, परमार्थ नगर क्लब, लेकसिटी युवा क्लब, जनएकता युवा क्लब, खराने युवा क्लब, सृजनशील युवा क्लब, वगादी युवा क्लब, धर्मशिला युवा क्लबललाई दुई/दुई थान डस्टबिन प्रदान गरिएको बताइन्छ ।
सम्बन्धित खबर
अपिहिमाल र अर्जुनचौपारीबीच विकास साझेदारी : पाँच वर्षीय भगिनी सम्बन्ध सम्झौता
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
सडक खाना महोत्सवका अवसरमा वालिङमा सार्वजनिक बिदा
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’