पोखरा महानगरपालिका १५ नम्बर वडा कार्यालयले सहरी स्वास्थ्य केन्द्रलाई स्तोन्नति गर्ने योजनाअघि सारेको छ । शहरी स्वास्थ्य केन्द्रलाई सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रको रुपमा स्तरोन्नति गर्न लागेको वडा अध्यक्ष तोरण बानियाँले जानकारी दिए ।
बालहितकारी परियोजना नेपाल (सिडब्लुएसएन)को आर्थिक वर्ष २०७९/०८० को सामाजिक लेखाजोखा कार्यक्रममा अध्यक्ष बानियाँले स्वास्थ्य संस्थाको स्तरोन्नतिका लागि योजना बनाएर महानगरमा पठाएको बताए । परियोजना नेपालको साझेदारीमा पोखरा महानगरले सन २०१६ देखि आसा क्लिनिकलाई सहरी स्वास्थ्य केन्द्रको रुपमा रुपान्तरण गरिएको छ ।
सो केन्द्रबाट वडा नम्बर १५ आसपासका सीमान्तकृत तथा विपन्न वर्गका जनतालाई आधारभूत स्वास्थ्य सेवा प्रदान गरिएको अध्यक्ष बानियाँले जनाए । ‘आसा स्वास्थ्य सेवा कार्यक्रम अन्तर्गत परियोजनाको आन्तरिक स्रोतबाट सहयोग हुँदै आएको छ,’ अध्यक्ष बानियाँले भने, ‘महानगरलाई हस्तान्तरण भएपछि स्वास्थ्य केन्द्रले आधारभूत स्वास्थ्य सेवा दिदै आएको छ ।’ उनले विशेषज्ञ चिकित्सक सहितको सेवा प्रदान गर्नका लागि सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र बनाउन लागेको उल्लेख गरे ।
उनले मुख्य बस्ती रहेको क्षेत्रमा वडा कार्यालय रहेको तथा सेती नदी किनाराको नयाँ गाउँमा स्वास्थ्य केन्द्र भएकाले सेवा प्रवाहका कठिनाई भएको जानकारी दिए ।
पोखरा ९ बसपार्कमा रहेको साहारा बाल आधारभूत विद्यालयका प्रधानाध्यापक लोचना अधिकारीले आधारभूत तहको स्वास्थ्य सेवा स्तरोन्नति गर्न माग गरिन् । उनले बसपार्क क्षेत्रमा सहरी स्वास्थ्य केन्द्रको युनिट र पोखरा १५ को सहरी स्वास्थ्य केन्द्रले दिने सेवा एउटै प्रकृतिको रहेको बताइन् । उनले स्वास्थ्य संस्थाको स्तरोन्नति भएमा सेती वारी तथा पारीका जनताले विशेषज्ञ चिकित्सक सहितको सेवा पाउने उल्लेख गरिन् ।
पोखरा महानगरपालिका स्वास्थ्य महाशाखाका जनस्वास्थ्य अधिकृत हरिलाल आचार्यले स्वास्थ्य उपचार पाउने जनताको मौलिक हक कार्यान्वयनका लागि सामाजिक संघ, संस्थाको सहयोग रहेको बताए । पोखरा महानगरपालिका सामाजिक विकास महाशाखाका बाल कल्याण अधिकारी विष्णुमाया पौडेलले सडक बालबालिकाको व्यवस्थामा संस्थाले गरेको कामले सरकारी निकायलाई सहयोग पुगेको उल्लेख गरिन् ।
दातृ निकाय किडासा युकेका अध्यक्ष निक बेरीले परियोजनाको अगुवाईमा सुरुवात भएको जीवनोपयोगी सीप शिक्षा कार्यक्रमलाई पोखरा महानगरपालिकाले स्वामित्व ग्रहण गरी पाठ्यक्रममा समेट्नु गौरवको विषय भएको बताए ।
कार्यक्रममा पोखरा महानगरपालिका वडा नम्बर ९ का वडा सदस्य नन्दराम गिरी, पोखरा महानगरपालिका शिक्षा महाशाखाका अधिकृत बद्रीनाथ सुवेदी, सिद्धबराह मावि व्यवस्थापन समितिका अध्यक्ष गुरुदत्त पराजुली, विन्ध्यवासिनी माध्यमिक विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद आचार्य, गैरसरकारी संस्था महासंघ गण्डकी प्रदेशका अध्यक्ष गोपाल खड्का, कास्की अध्यक्ष बुद्धिबहादुर थापा, राष्ट्रिय मानव अधिकार आयोगका अधिकृत मोहन काफ्ले, सिबिन पोखराका प्रमुख शंकर नेपाली, बालहितकारी परियोजना नेपालका अध्यक्ष रामचन्द्र शर्मा, उपाध्यक्ष पार्वता पाण्डे, सचिव दिलबहादुर भट्टराई, सहजकर्ता निकिता कोइराला, ज्योति बाल क्लबका अध्यक्ष अमित तामाङ, बाल क्लबका प्रतिनिधिहरु केशव सञ्जेल, आशीष परियार, एलिना अछामी लगायतले बालबालिकाको स्वास्थ्य शिक्षाबारे बोलेका थिए ।
सम्बन्धित खबर
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
स्याङ्जामा बाघको आक्रमणबाट १० वटा बाख्रा मरे
१५ वर्षपछि दामाचौर–रामपुर जोड्ने ट्रस पुल निर्माण सम्पन्न
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो