पोखरा महानगरपालिका वडा नं. १५ मा मोटरेबल पुलको शिलान्यास गरिएको छ । महानगरका मेयर धनराज आचार्यले ठूली मजुवा स्थित संरचना टोल र सुनौलो मार्गलाई जोड्ने १२ मिटर लम्बाईको मोटरेबल पुलको सोमबार शिलान्यास गरेका हुन्।
शिलान्यास समारोहमा मेयर आचार्यले पोखरालाई पर्यटनको राजधानी घोषणा गरेको भोलिपल्टको पहिलो बिहानीमा पुलको शिलान्यास गर्न पाउँदा खुसी लागेको बताए।
उनले पुलको लागि आवश्यक बजेटको व्यवस्थापन गरेर मात्रै टेन्डर आह्वान गरेकाले ढुक्कसँग काम गर्न र सकेसम्म तोकिएको मिति अगावै काम सम्पन्न गर्न निर्माण कम्पनीलाई आग्रह गरे।
आचार्यले अगाडि भने – ‘पैसा नभएको कारणले काम रोकिँदैन, जसरी हुन्छ समयमा काम सक्नुहोला।” उनले यस पुलको निर्माणले यहाँका स्थानीयको जनजीवनमा सहजता ल्याउने विश्वास व्यक्त गरे।

मेयर आचार्यले यही ठाउँमा अवस्थित फूलबारी होटेल सञ्चालनको कुरालाई धेरै पटक सम्बन्धित व्यक्तिहरूसँग छलफल गरेको भन्दै उक्त होटेल आगामी भाद्रसम्ममा सञ्चालनमा आउने सूचना आफूले पाएको बताए।
पोखरालाई पर्यटनको राजधानी घोषणा गरिसकेपछि फूलबारी होटेल जस्तो सिधा पर्यटकसँग सरोकार राख्ने ठुलो व्यापारिक प्रतिष्ठान खुलाउनु आफूहरूका लागि पनि दबाब रहेको भन्दै रिसोर्ट सञ्चालनका लागि सक्दो सहयोग गर्न आफूहरू तयार रहेको पनि उनले बताए।
साथै, आचार्यले पुल निर्माणका लागि जग्गा उपलब्ध गराउने जग्गादातालाई धन्यवाद दिए।
पुल निर्माणको जिम्मा पाएको ज्ञान एनएम बिडीबी जेभीका प्रतिनिधि इन्जिनियर खेमराज तिमिल्सिनाले महानगरपालिकाले दिएको डिजाइन र इस्टिमेट अनुसार गुणस्तरीय रूपमा समयमै काम सक्ने प्रतिबद्धता व्यक्त गरे।

यस्तै, पोखरा महानगरपालिकाका पूर्वाधार महाशाखाका प्रमुख इन्जिनियर सुरेन्द्र पाण्डेले कम्पनीसँग २ करोड ३१ लाख २० हजार ४८७ मा पुल निर्माणको सम्झौता भएको बताए ।
१२ मिटर लम्बाई रहने पुलको दुबैतर्फ १.२ मिटरको फुटपाथ, ९ मिटर उचाइ र २०८१ फागुन १८ गते पुल निर्माणको अन्तिम म्याद रहेको पाण्डेले जानकारी दिए।
कार्यक्रमका सभाध्यक्ष तथा वडाध्यक्ष तोरण बानियाँले यो पुल आफू वडाध्यक्षमा निर्वाचित भएर आउनु अगावै डिपीआर तयार भएर ५० लाख बजेट विनियोजन भएको र आफूहरू आइसकेपछि थप १ ५० लाख थपेर १ करोड बनाइए पनि बारम्बार ठेक्का आह्वान गर्दा ठेक्का प्रक्रियामा जान नसकिरहेको अवस्थामा बल्ल थप बजेटबाट पुल निर्माणको थालनी गर्न सम्भव भएको बताए।

उनले यस क्षेत्रका अधिकांश बासिन्दा बसाइ सरी आएकाले यो पुलको निर्माणले दुई बस्तीलाई जोड्नुका साथै नयाँ आपसी सम्बन्धको विकास हुने आशा व्यक्त गरे।
यही क्षेत्रमा रहेको फूलबारी होटेल सञ्चालनको विषयलाई लिएर बारम्बार आवाज उठाइरहेको बताउँदै होटेल सञ्चालनमा ल्याउन सके यही क्षेत्रका बासिन्दाको आर्थिक विकासमा टेवा पुग्ने उनले अपेक्षा गरे।
वडा नं १५ को विकासमा अगाडि बढ्नुपर्छ भनेर महानगरबाट निरन्तर सहयोग प्राप्त भइरहेकोमा अध्यक्ष बानियाँले मेयर आचार्यलाई धन्यवाद दिए।

वडा सदस्य आशिष भण्डारीले सञ्चालन गरेको शिलान्यास समारोहमा वडाका निवर्तमान जनप्रतिनिधि तथा कर्मचारी, ९ नं वडा र १७ नं वडाका वडाध्यक्ष, पूर्व जनप्रतिनिधि, राजनीतिक दल, समाजसेवी, संरचना टोल र सुनौलो मार्गका स्थानीयसहित आमा समूह लगायतको उपस्थिति रहेको थियो।
सम्बन्धित खबर
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
‘मिडिया कप फुटसल’को तयारी पूरा, बचत रकम बाढी प्रभावितलाई
सार्वजनिक सम्पत्तिप्रतिको जिम्मेवारी र अपनत्व प्रस्तुत गर्न सरसफाई: प्रदेश सांसद गुरुङ
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा