पोखरा । राजनीतिक दाउपेचको फाइदा उठाउँदै गण्डकी प्रदेशका सदस्य राजीव गुरुङ उर्फ दीपक मनाङे फेरि मन्त्री बन्ने भएका छन् । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सत्ता टिकाई राख्नको लागि मनाङेलाई मन्त्रिपरिषदमा समेट्न लागेका हुन् ।
यसअघि उनै मुख्यमन्त्री पाण्डले कुनै हालतमा मन्त्री नबनाउने अडान लिँदा मन्त्री हुनकै लागि नेकपा एस प्रवेश गरेका मनाङे मन्त्री बन्न पाएनन् । सत्ता साझेदार समाजवादीका एक्ला सांसद मनाङेलाई कुनै हालतमा मन्त्री नबनाउने अडान लिएका मुख्यमन्त्री पाण्डेले अहिले सत्ता टिकाउनै लागि मनाङेलाई मन्त्री बनाउन लागेका हुन् ।
राजनीतिक समिकरण परिवर्तन भएसँगै मनाङेलाई स्वतन्त्र हुन फाइदा हुने भएपछि पुनः स्वतन्त्र हैसियतका लागि आइतबार निवदेन दिएका थिए । नयाँ बनेको गठबन्धनले सरकार गठन गर्न बहुमतका लागि प्रयास गरिरहँदा मनाङे काँग्रेस नेतृत्व सरकारमा सामेल हुन लागेका हुन् ।
मनाङेलाई सामाजिक विकास तथा स्वास्थ्यमन्त्री बनाउने तयारी गरिएको छ । तर उनले अर्थ अथवा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मागेका छन् । सम्भवतः उनी भौतिक पूर्वाधार मन्त्री नै बन्नेछन् । शपथको तयारी गर्न प्रदेश प्रमुखको कार्यालयलाई भनिएको छ ।
मनाङे चौथोपटक गण्डकीको मन्त्री बन्न लागेका हुन् । यसअघि उनी एमालेका पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकारमा दुईपटक र कांग्रेसका कृष्णचन्द्र नेपालीको सरकारमा एकपटक युवा तथा खेलकुदमन्त्री बनेका थिए ।
सामाजिक विकासमा यसअघि माओवादी केन्द्रकी सुशीला सिम्खडा मन्त्री थिइन् । केन्द्रमा समीकरण फेरिएपछि मुख्यमन्त्री पाण्डेले माओवादी मन्त्रीलाई बर्खास्त गरेर भौतिक पूर्वाधार र सामाजिक विकास मन्त्रालय आफैँसँग राखेका थिए । भौतिक पूर्वाधारमन्त्री रेशम जुग्जाली थिए ।
गुण्डागर्दी पृष्ठभूमिका मनाङे अहिले सत्ता खेलाडीका रूपमा देखिएका छन् । स्वतन्त्र जित्ने, जता फाइदा पुग्छ उतै मिल्ने मनाङेले अहिले मौकामा चौका हान्न लागेका हुन् ।
गण्डकीमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे विश्वासको मत लिनुपर्ने अवस्थामा छन्। गण्डकी प्रदेश सभा ६० सदस्यीय छ । प्रदेश सभामा नेपाली कांग्रेसका २७, नेकपा एमालेका २२, नेकपा (माओवादी केन्द्र)का सभामुखसहित ८, राप्रपाको २ र दीपक मनाङे रहेका छन् । यो स्थितिमा हालका मुख्यमन्त्रीले विश्वासको मत पाउने अवस्था छैन भने एमाले–माओवादीले पनि सजिलै सरकार बनाउन सक्ने अवस्था छैन ।
गण्डकीमा अहिलेसम्म राप्रपा निर्णायक देखिएको छ । तर, मनाङेले पनि मुख्यमन्त्री पाण्डेलाई साथ दिएको अवस्था र नेपाल समाजवादी पार्टीका नेता तथा माओवादीको चुनाव चिन्हबाट सांसद बनेका फडिन्द्र देवकोटाले छुट्टै दल पाउनुपर्ने दाबी गरिरहेका बेला उनको सरकार जोगिने सम्भावना पनि उत्तिकै देखिन्छ ।
मनाङे र फडिन्द्र काँग्रेससँग उभिएको अवस्थामा राप्रपा जुन कित्तामा उभिन्छ, उसैको सरकार चल्छ र मध्यावधि रोकिन्छ । सत्ता गठबन्धनले राप्रपालाई सामेल नगरेका कारण दुवैतर्फ बराबरी अवस्थामा राप्रपाले काँग्रेस नेतृत्व मानेर यही सरकार निरन्तर चल्न सक्ने अवस्था पनि छ ।
सम्बन्धित खबर
अपिहिमाल र अर्जुनचौपारीबीच विकास साझेदारी : पाँच वर्षीय भगिनी सम्बन्ध सम्झौता
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
सडक खाना महोत्सवका अवसरमा वालिङमा सार्वजनिक बिदा
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’